शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी घोषणा

मङ्गलबार, ३१ साउन २०७४, १९ : २५
मङ्गलबार, ३१ साउन २०७४

काठमाडौँ –  वाईवाई  ग्लोकल टिन हिरोको अन्तिम ६ प्रतिस्प्रर्धी घोषणा गरिउको छ।  देशभरिका किशोर – किशोरीहरुको शानदार सहभागिता पछि  वाईवाई ग्लोकलटिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा गरिएको कम्पनीले जनाएको छ ।

यो बर्ष देश भरबाट कुल  ३ सय २१ आवेदन आएको थियो जसले उपेक्षा गरिएको उमेर समूहको किशोर किशोरी भित्र रहेको सम्भावना देखिएको छ । आवेदकहरुले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्रम्मिंग, रोबोटिक्स, उधमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक असर देखाएर आफ्नो कौशलता देखाएका  थिए ।


अन्तिम ६ प्रतिस्पर्धी समाजसेवी अल्बिना पर्बिन , एप डेपलपर आयुष पाण्डेय, उद्यमी प्रिथ्यु सिंह ठकुरी, बाल अधिकारकर्मी राजाराम बस्नेत, समाज बिकाशमा रहेका सचिन डाँगी , र आविष्कारक तन्मय चौधरी रहेका छन् । 


वाई वाई ग्लोकल टिन हिरोको माध्यमबाट किशोर – किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुतन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन कार्यक्रम  गर्न लागेको जनाएको छ ।

काठमाडौँबाट सुरुवात भएको उक्त प्रतियोगिता देशभरिका १६ ठाउँमा पुगेको थियो र त्यहाँका स्कुल र कलेजहरुमा कार्यक्रम गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप