शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केएल मोबाइल हबमा नयाँ व्यवस्थापनः चाडपर्वमा अफरै अफर

बुधबार, १५ असोज २०७६, १६ : ५९
बुधबार, १५ असोज २०७६

काठमाडौं– चावहिल चुच्चेपाटी स्थित केएल टावरमा रहेको के एल मोबाईल हबमा नयाँ लगानीकर्ता आएसँगै के एल मोबाईल डिजी डिजिटलको रुपमा सेवा सुरु गरेको छ । 

नयाँ व्यवस्थापन भित्रिएको उपलक्ष्यका साथै चाडपर्वलाई लक्षित गर्दै केएल मोबाइल डिजी डिजिटलले वाइ वान गेट वान फ्री अफर सुरु गरेको छ । मोबाईल डिजि डिजिटलले नेपालीहरुको महान पर्व दशैँ तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी दशैंको बहार हरेक दिन उपहार नामक दशैं धमाका योजना पनि सुरु गरेको छ । 

असोज १ गते देखि सुरु भएको दशैं धमाका योजना अन्तर्गत केएल टावरमा शपिङ गर्ने तथा के एल मोबाईल डिजिटलमा मोबाइल खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु जित्न सक्नेछन् ।  बम्पर उपहारमा एक जनालाई यामाहाको एफजेड एसएफआई भी थ्री मोटरसाइकल बितरण गरिने आयोजकले जनाएको छ ।

दोस्रो उपहार स्वरुप यामाहाकै रे जेड आर स्कूटर बितरण गरिनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ४ रात ५ दिनको बैंकक भ्रमणको प्याकेज उपलब्ध गराइनेछ । 

के एल मोबाईल डिजि डिजिटलमा इलेक्ट्रोनिक सामान जस्तै टिभी, फ्रिज, एसी, मोवाइल, होम अप्लायन्सहरुमा ५० प्रतशितसम्म छुट पाउने छन् । साथै बाई वान गेट वान फ्रि र शुन्य प्रतिशत व्याजदरमा किस्तावन्दीमा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरु उपलब्ध गराइने मोबाइल डिजी डिजिटलका प्रवन्ध निर्देशक वालकुमार धिमालले जानकारी दिए । 

यस्तै हरेक स्मार्ट मोवाईलको खरिदमा मुभी टिकट, कभर, टेम्पर ग्लासका साथै अन्य उपहारहरु समेत बितरण गरिनेछ । दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैंया बराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइनेछ । 

त्यसैगरी साप्ताहिक रुपमा गोयनका ब्राण्डको रेफ्रिजिरेटर, वासिङ मेशिन, एलईडी टेलिभिज, आईरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ । अफर कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप