शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१ सय ४१ वर्षपछि हुलाक सेवा विभागको आफ्नै भवन बन्ने

बुधबार, १५ असोज २०७६, १६ : ५७
बुधबार, १५ असोज २०७६

काठमाडौं– सरकारले हुलाक सेवा विभागको आफ्नै भवन निर्माण गर्ने तयारी गरेको छ । १ सय ४१ वर्षदेखि भाडामा सञ्चालन हुँदै आएको हुलाक सेवाको मुख्य प्रशासकीय कार्यालय हुलाक सेवा विभागको भवन सरकारले यसवर्ष काठमाडौंको बबरमहलमा बनाउने तयारी गरेको हो ।

हुलाक सेवाको मुख्य प्रशासकीय भवन आगामी वर्ष सम्पन्न हुने गरी यस वर्षबाट बनाउने तयारी गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बुधबार काठमाडौंको डिल्लीबजारमा निर्माण गरिएको गोश्वारा हुलाक कार्यालय भवनको उद्घाटन गर्दै उनले कामको चाप हेरेर सरकारले कार्यालयहरुको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री बास्कोटाले सेवाग्राहीहरुको सेवालाई ध्यानमा राखेर कार्य सम्पादन गर्न पनि कर्मचारीलाई सचेत गराए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप