बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा लागू औषधसहित ४ जना पक्राउ

बुधबार, १५ असोज २०७६, १६ : ४५
बुधबार, १५ असोज २०७६

पोखरा– ठूलो परिमाणमा लागूऔषधसहित प्रहरीले पोखरामा ४ जनालाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका- ६ खहरे स्थित होटल कोकनबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाण्डौं, वडा प्रहरी कार्यलय वैदाम कास्की र लागूऔषध संघिय व्यूरो पोखरा बाट खटिएको संयुक्त प्रहरी टोलिले शंका लागि चेकजाँच गर्ने क्रममा ऊनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा- ९ पृथ्बीचोक बस्ने २२ वर्षीय हसिद नसिब अख्तर अली, भारत मिजोराम साउथ ईण्डिया बस्ने वर्ष ३९ का मिजोराम नियाना, पर्सा घर भई हाल पोखरा-९ पृथ्बीचोक बस्ने २८ वर्षीय सहिद अख्तर मियाँ, तनहुँ शुक्लागण्डकी–९ का २३ वर्षीय  रजिया खातुन रहेको प्रहरीले जानकारी दियो  ।

पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले ४५ पिस रातो रंगको ऐनफेटागन (YABA), प्लास्टिकको झोलामा राखेको अंन्दाजि १५० ग्राम लागूऔषधजन्य सुकेको पात समेत  बरामद गरेको छ । पक्राउ परेका सबै जना उपर प्रहरीले थप  अनुसन्धान तथा कारबाहि प्रक्रिया अगाडि बढाएको जानकारी दियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप