बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ उपप्रधानमन्त्री वाङ याङले गरे ओलीको प्रशंशा

मङ्गलबार, ३१ साउन २०७४, १९ : ०४
मङ्गलबार, ३१ साउन २०७४


काठमाडौं– चीनले नेपालसँगको सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले खेलेको भूमिकाको खुलेर प्रशंशा गरेको छ । 

चिनियाँ उपप्रधानमन्त्री वाङ याङले पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँगको भेटमा ओली नेतृत्वको सरकारले आफ्नो मुलुकसँगको सम्बन्ध विस्तारमा खेलेको भूमिकाको खुलेर प्रशंशा गरेका हुन् । नेपाल भ्रमणमा रहेका याङले मंगलबार अपरान्ह भएको भेटमा ओलीले संविधान निर्माण र स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै प्रशंशा ब्यक्त गरे । 

चीनसँगको सम्बन्ध विस्तारमा पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारले दिएको योगदानको चिनियाँ उपप्रधानमन्त्रीले खुलेर प्रशंशा गरेको एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । ओलीकै नेतृत्वमा नेपालमा संविधान जारी भएकोमा पनि चिनियाँ प्रतिनिधि मण्डलले आभार व्यक्त गरेको पनि उनले बताए ।

भेटमा पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ को अवधारणाको प्रशंशा गर्दै त्यसलाई अघि बढाउन नेपाल प्रतिवद्ध रहेको उल्लेख गरे । त्यस अवसरमा चिनियाँ उपप्रधानमन्त्री याङले नेपालको आर्थिक विकास र समृद्धिका लागि चीन जस्तोसुकै सहयोग गर्न पनि प्रतिवद्ध रहेको पनि बताएको ज्ञवालीले जानकारी दिए । 

भेटमा नेपालको आर्थिक विकासमा चिनियाँ लगानीको आवश्यक्तामा पनि जोड दिइएको थियो । चिनियाँ उपप्रधानमन्त्री याङले ओली नेतृत्वको सरकारको पालामा भएका सम्झौता कार्यान्वयन गरेर अघि बढ्न आफनो मुलुक प्रतिवद्ध रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप