केन्द्रीय संस्करण
अन्तरवार्ता

राष्ट्रपति, प्रधानमन्त्री वा पार्टीका नेताले टीका लगाइदिनु आफूलाई राजा वा दैवीअधिकार सम्पन्न ठान्ने सोच हो

पर्वहरुलाई राज्यले नै दमनको हतियारको रुपमा लिनु हुँदैन : डा. बाबुराम भट्टराई

person explore access_timeअसोज १५, २०७६ chat_bubble_outline3

दशैं, चाडपर्व र संस्कारहरुको सन्दर्भमा केन्द्रीत रहेर नेपाल समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईसँग रातोपाटीका लागि चन्द्र खाकी र टुना भट्टले गरेको कुराकानीको सम्पादित उतार ।

तपाईंको बुझाइमा दशैं,चाड पर्व संस्कृति र परम्परा भनेको के हो?मानवजातिसँग यसको सम्बन्ध र त्यसको महत्त्वके हो?

संस्कृति, संस्कार पर्वहरु भनेका ऐतिहासिक कालखण्डमा मानवजाति र समाजविकास सँगसँगै उत्पत्ति भएका चीजहरु हुन् । त्यसैले यो गतिशील र परिवर्तनशील हुन्छ । समय र सन्दर्भ सँगसँगै यसलाई परिमार्जन गर्दै लैजानु नै सही हुन्छ ।

यो किन कसरी भयो भन्दा मानव होमोसेपियन्स प्रजातिको नर बाँदर हुँदै क्रमशः एक डेढ लाख वर्षदेखि विकसित हुँदै यहाँसम्म आइपुगेको छ । यो जातिको विशेषता भनेकै यसको मस्तिष्क, सोच्न सक्ने क्षमतासँगसँगै ऊसँग यति धेरै संवेदना, आवेग, भावना जोडिएका हुन्छन् । त्यसले गर्दा उसको सौन्दर्यचेत, मनोवैज्ञानिक भावनात्मक प्रवाह आदि कारणले गर्दा यी साँस्कृतिक पर्वहरुले मानिस र समाजको अभिन्न अंग हुँदै जान्छ र खास खास कालखण्डका जाति र सम्प्रदायहरुसँग पनि जोडिएर तिनका रुपरंगहरु पनि बदलिँदै जान्छ । यसरी हेर्दा नेपालमा मनाइने दशैं मूलतः आर्यसभ्यतासँग जोडिएको पर्व नै हो । तर यो आर्य सभ्यता पनि आफैं मध्यएशियादेखि सिन्धु उपत्यका हुँदै हिमाली भेगसम्म आइपुग्दा यसका विविध रुपहरु देखापर्छन् । नेपालमा आइपुग्दा यहाँको पुरानो खस सभ्यता र पछि आएको आर्य सभ्यता र यहाँ रहेका मंगोल मूलका जनजातिका सभ्यतासँग अन्तरघुलन भएर, थुप्रै मिथकहरु समेत जोडिएर यो अलि भिन्न प्रकृतिको पनि बन्न गएको छ । त्यसैले भारत, बंगाल र पञ्जाबमा मनाइने दशैं र नेपालमा मनाइने दशैंका रुपहरु फरक छन् । त्यसैले यसको सार भनेको यी पर्वहरु ऐतिहासिक कालखण्डमा विकसित भएका चीजहरु हुन् ।

हरेक वर्ष नेपालमा दशैं मान्ने,नमान्ने भन्ने विषयमा विवाद चल्ने गर्छ । द्वन्द्वकालमा पनि दशैं नमान्ने ट्रेण्ड जस्तै बसेको थियो । तपाईंलाई के लाग्छः दशैं मान्नुपर्छ कि मान्नपर्दैन?

यी साँस्कृतिक पर्वहरु भनेको मानिसले स्वेच्छिक ढंगले मान्ने कुरा हो, कसैले लाद्ने कुरा होइन ।  मान्नैपर्छ भनेर लाद्ने वा मान्नै हुन्न भनेर नकार्ने दुवैथरि अतिवादी सोचहरु हुन् । स्वेच्छिक ढंगले यसलाई ग्रहण गर्ने विषय हो ।

दशैं मूलतः आर्यसभ्यतासँग जोडिएर आएपछि यसले पछि विभिन्न जाति सम्प्रदायसँग अन्तरघुलन भएर फरक रुप लिँदै आएको हुनाले इच्छाअनुसार मानिसले यसलाई प्रयोग गर्दै आयो । मूलतः हिन्दू संस्कृति, संस्कार र धर्मसँग जोडिएकाले यसलाई बढी उपयोग गर्छन्, त्योभन्दा बाहिरकाले कम गर्छन् । त्यो उनीहरुको इच्छाको कुरा हो । त्यसमा कसैले पनि हस्तक्षेप गर्नु हुँदैन ।

नेपालमा प्रचलित चाडवाडहरुको स्वरुप र प्रकृति विशुद्ध धार्मिक छन् वा त्यो एक धर्म वा संस्कारभन्दा माथि उठेर बहुजाति धर्म मान्नेहरुसमेतले अपनाउँदै आएका जनजीवनका अन्य विविधि पक्षहरुसँग पनि सम्बन्धित हुन्छन् र तिनले समेत त्यसलाई निर्देशित गरिरहेका हुन्छन्?

धर्मसँग पनि जोडिएका हुन्छन् । साँस्कृतिक पर्वहरु ऐतिहासिक घटनाक्रमसँग पनि जोडिएका हुन्छन् । ठूलठूला लडाइँ भएपछि खुसियालीमा दीपावली आदि मनाउने कुरा पछि गएर त्यसैले एउटा चाडको रुप लिइरहेको हुन्छ । अन्य कुनै खाले विशेष घटनाहरु हुन्छन्, तीसँग जोडिएर पनि साँस्कृतिक पर्वहरु सिर्जना भएका हुन्छन् ।

*******

सबैपर्वहरुधर्मसँगै जोडिनुपर्छ भन्ने हुँदैन । तर कतिपय अवस्थामा धर्म र संस्कृति अन्तरघुलित भएर छुट्याउन नसकिने गरी जोडिन पनि पुग्छ ।

*******

अतः सबै पर्वहरु धर्मसँगै जोडिनुपर्छ भन्ने हुँदैन । तर कतिपय अवस्थामा धर्म र संस्कृति अन्तरघुलित भएर छुट्याउन नसकिने गरी जोडिन पनि पुग्छ ।

जस्तो कि दशैं धार्मिक चाँड मात्रै हैन,यो कृषिसँग जोडिएको चाडको रुपमा व्याख्या हुने गर्छ । कतिपय जातजातिले मनाउने चाडपर्वहरु प्रकृति र त्यसको रक्षासँग जोडिएका हुन्छन् । यसलाई कसरी लिने?

यो त सभ्यताको विकाससँगसगै आउने कुरा हो । शिकारी युगमा छँदा शिकारसम्बन्धी कर्मलाई नै उत्सवको रुपमा मनाउने, नाचगान गर्ने गरिन्थ्यो । आदिमखालका कतिपय समुदायहरुमा तपाईंले देख्नुभयो भने उनीहरुको नाचगान आदिको प्रकृति शिकारी किसिमको, धनुषकाँण आदिको प्रयोग हुने गरेको तपाईं देख्नुहुन्छ ।

*******

हाम्रा दशैं तिहार जस्ता पर्वहरु चाहिँ शरद ऋतुमा पनि पर्छन् । त्यसैले यी प्राकृतिक गतिसँग पनि यो जोडिन्छ र त्यतिखेरको आर्थिक सभ्यता कृषि प्रधान,उद्योगप्रधान,पशुपालनप्रधान के हो,त्यो पनि त्यसमा झल्कन पुग्छ ।  यसरी हेर्दा दशैं पर्व कृषि युगको पर्वको रुपमा बढी भएको म पाउँछु ।

*******

पछि पशुपालनको युगआएपछि त्योसँग जोडिएको गाई सभ्यता अर्थात् गाईलाई पुज्ने प्रचलन शुरु भयो । पछि कृषिप्रधान सभ्यताको विकास भएपछि धान रोप्ने बेलामा रोपाइको बेलामा त्यही प्रकृतिका चाडपर्वहरु देखापरे । धान भित्र्याउने सन्दर्भमा पनि त्यही प्रकारका छन् । ऋतुपरिवर्तनसँग पनि चाडवाड पर्व संस्कारहरु जोडिएर आएका छन् । छ ऋतुहरुमध्येमा शरद ऋतुमा यो चाड मनाउनुको अर्थ मनसुनको अन्त्य भइसकेको हुन्छ । वातावरण पनि न गर्मी, न जाडो ठिक्कको हरियाली युक्त हुन्छ । त्यसो भएको हुनाले हाम्रा दशैं तिहार जस्ता पर्वहरु चाहिँ शरद ऋतुमा पनि पर्छन् । त्यसैले यी प्राकृतिक गतिसँग पनि यो जोडिन्छ र त्यतिखेरको आर्थिक सभ्यता कृषि प्रधान, उद्योगप्रधान, पशुपालनप्रधान के हो, त्यो पनि त्यसमा झल्कन पुग्छ ।  यसरी हेर्दा दशैं पर्व कृषि युगको पर्वको रुपमा बढी भएको म पाउँछु ।

धर्मसंस्कार चाँडवाडहरु मिथक,अन्धविश्वास र भावनाहरुसँग जोडिएका हुन्छन् । कतिपय अवस्थामा त्यो शासक वर्गले शासित वर्गहरुमाथि शासन चलाउने परोक्ष माध्यम पनि बन्ने गर्छ । यो स्थितिमा आम मानिसहरुले धर्म संस्कार र चाडबाडहरुलाई कसरी हेर्नुपर्छ र तिनलाई कसरी मनाउने गर्नुपर्छ?

त्यसकारण नै यो गुजिल्टिन पुग्छ भनेर मैले भनेको हुँ । जनसंस्कृति जनस्तरबाटै मनाइने खालका, जस्तै खेतीपाती गरेर उत्सवको रुपमा नाचगान गरेर मनाइने, फागु जस्ता ऋतु परिवर्तनमा मनाइने पर्वहरु एकातिर हुन्छन् । तर कैयन चीज चाहिँ युद्धसँग जोडिएर एउटा जातिले अर्को जातिमाथि विजय हासिल गरेको सन्दर्भमा एउटाले उत्सव मनाउँछ भने अर्कोले शोक मनाउँछ । जस्तै दशैंसँग जोडिएको रामायणको प्रसंगमा पनि आर्य र अनार्यबीचको संघर्ष, आर्य र द्रविणबीचको संघर्षमा आर्यहरुले रामको विजयलाई आर्यका पक्षको विजयको रुपमा मनाउँछ । त्यसैगरी, द्रविणहरुले चाहिँ रावणलाई ठूलो मानेर मनाउने उनीहरुको प्रचलन छ ।  त्यसो भएको हुनाले यस्ता पर्वहरुमा जातिहरुको इतिहास पनि जोडिन पुग्दा त्यहाँ विवाद उत्पन्न हुन्छ ।

https://i.pinimg.com

कैयन चीज चाहिँ युद्धसँग जोडिएर एउटा जातिले अर्को जातिमाथि विजय हासिल गरेको सन्दर्भमा एउटाले उत्सव मनाउँछ भने अर्कोले शोक मनाउँछ । जस्तै दशैंसँग जोडिएको रामायणको प्रसंगमा पनि आर्य र अनार्यबीचको संघर्ष,आर्य र द्रविणबीचको संघर्षमा आर्यहरुले रामको विजयलाई आर्यका पक्षको विजयको रुपमा मनाउँछ ।

*******

अतः अब हामीले गर्नुपर्ने भनेको जातीय विभेद गर्नुहुन्न । एउटा ऐतिहासिक कालखण्डमा एउटा जातिको विजय पराजय भयो होला, तर हामी त अन्ततः घुम्दै एउटा नयाँ जाति राष्ट्र समुदायको रुपमा विकसित छौं । त्यसो भएको हुनाले यी यावत कुराहरुलाई हामीले पनि समायानुकूल बदल्दै जानुपर्छ ।

कतिपयले के मान्यता राख्छ भने दशैं भनेको विगतको खस हिन्दू राज्यसत्ताले आमनेपाली माथि जबरजस्ती थोपरिदिएको धार्मिक पर्व हो,जसको आधार भनेकै अन्य जाति,धर्ममाथिको प्रभुत्ववादी र दमनकारी सोच हो र यसअर्थमा यो पुरानो राज्यसत्ताले जनतामाथि थोपरिदिएको राजनीतिक पर्व हो । तपाईंलाई के लाग्छ?

https://aastik.in

विकसित हुने क्रममा यो पर्व आफैंमा राजनीतिक थिएन, यो साँस्कृतिक पर्व नै थियो । यो जनताको जीवनबाटै उठेर आएको पर्व हो । तर दशैं नै भन्नुहुन्छ भने यो बुझिसाध्य नै छैन । देवीहरु, नौ दुर्गाको पुजा मातृसत्तात्मक समाजमा महिला शक्तिलाई पुज्ने र उनीहरुको गुणगान, महिमागान गर्ने कुरा त्यहाँ झल्कन्छ । अधिकांश देवीहरुले विपक्षीहरुको संघर्षमा नायकत्व ग्रहण गरेको, उनकै नेतृत्वमा संघर्ष गरेको कुराको विम्व त्यहाँ देखापर्छ । यसैको पछिल्लो कालखण्डमा त्यहाँ पछिल्लो चरण त्रेतायुगमा, खासगरी कृषिप्रधान अर्थतन्त्रको उदय भएको युगमा आर्य अनार्य अर्थात् राम र रावणको लडाइमा रामले रावणमाथि विजय गरेको कुरामा पनि त्यहाँ जोडिन पुग्छ । देवीको पूजा त्योभन्दा पनि पुरानो हो । यो कुरा अन्तरघुलित भएर अब नौ दिनसम्म देवीको पूजा पनि गर्छौं र दशौं दिनमा विजयादशमी भनेर रामले रावणमाथि विजय अर्थात् राम्राले नराम्रामाथि विजय गरेको अर्थमा मनाउँछौं । यसमा पनि आर्यनको पक्षले हेर्दा राम राम्रा रावण नराम्रा हुने भए । तर द्रविणको पक्षबाट हेर्दा रावण सही थिए, राम बेठीक थिए भन्ने उनीहरुको कोणबाट हुने भए । हामीकहाँ आर्यनहरुको बाहुल्यता भएको हुनाले हामीले रामको विजयलाई उत्सवको रुपमा मनाउँछौं ।

*******

शासकहरुले अर्थात् जुन जाति धर्मको व्यक्तिले शासनसत्ताको नेतृत्व गर्यो,स्वतः उसले आफ्नो भाषा,संस्कृति,संस्कारलाई उच्च मान्ने र राज्यसत्ताको प्रयोग गरेर बढी तामझामका साथ मनाउने आदि गर्दै जाँदा पराजित वा उत्पीडित पक्षमाथि जबरजस्ती लादिएको अनुभूति हुनु स्वभाविक पनि हुन्छ ।

*******

त्यसैले देवी र रामायणका प्रसंगहरु पछि थपिएर आएकै विषयहरु हुन् । पछि शासकहरुले अर्थात् जुन जाति धर्मको व्यक्तिले शासनसत्ताको नेतृत्व गर्यो, स्वतः उसले आफ्नो भाषा, संस्कृति, संस्कारलाई उच्च मान्ने र राज्यसत्ताको प्रयोग गरेर बढी तामझामका साथ मनाउने आदि गर्दै जाँदा पराजित वा उत्पीडित पक्षमाथि जबरजस्ती लादिएको अनुभूति हुनु स्वभाविक पनि हुन्छ । त्यसैले यी र यस्ता पर्वहरुलाई राज्यले नै दमनको हतियारको रुपमा लिनु हुँदैन । खासगरी, हिन्दू अन्तर्गत पछि घुसेर आएको मौलिक हिन्दू सभ्यतासँग पनि मेल नखाने मनुवादले मान्छेको कर्मको आधारमा भएको श्रमविभाजनलाई मान्छेको जातपातमा परिणत गरिदियो । त्यो बेठीक थियो । त्यसैले यस्ता चाडपर्वहरुलाई राज्यले वा एउटा पक्षले आफ्ना आधिपत्य कायम गर्ने साधनको रुपमा यसलाई प्रयोग गर्नु हुँदैन । फेरि पनि स्वेच्छिक ढंगले जनतालाई यसलाई स्वीकार वा अस्वीकार गर्ने अधिकार दिनुपर्छ ।

तर हिजो पञ्चायतकालीन वा शाहकालीन राज्यसत्ताले यसलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गरिदिने काम गर्यो । त्यसलाई अहिलेको गणतान्त्रिक सरकारले पनि निरन्तरता दिने काम गरिरहेको छ । अहिले पनि गोरखाबाट नै फुलपाती ल्याउनुपर्ने परम्परा कायम छ । यसले के अर्थ राख्छ?के यो लोकतान्त्रिक गणतान्त्रिक भनिने सरकारले पनि हिजोकै लिगेसीलाई बोकेर त्यसलाई निरन्तरता दिइरहेको छ भन्ने तपाईंलाई लाग्छ कि लाग्दैन?

धर्म निरपेक्ष राज्यमा राज्यको धर्म हुँदैन । व्यक्ति, समाज, समुदायको धर्म हुन्छ । एउटै राज्यमा विभिन्न खालका धर्म सम्प्रदायका मानिसहरु हुन्छन् भने सबैले आ–आफ्नो आस्थाअनुसारको धर्मसंस्कृति मान्न पाउने नपाउने अधिकार हुनुपर्यो । राज्यले विभेद गर्नुहुँदैन । कसैलाई काखापाखा गर्नुहुँदैन र सबैलाई धार्मिक स्वतन्त्रता दिनुपर्छ । यो मान्यता हो धर्म निरपेक्षताको । कतिपयले धर्मनिरपेक्षता भनेको धर्म नमान्ने हो भन्ने अर्थमा गलत व्याख्या पनि गर्ने गर्छन् । धार्मिक स्वतन्त्रता भनेको सबैलाई समान धार्मिक अधिकार दिने भनेको हो । त्यसो गर्दा एउटा धर्मलाई मात्र राज्यमा बस्ने मानिसले बढावा दिने, अर्कोलाई निषेध गर्ने काम गर्नु हुँदैन । त्यो हामीले विस्तारै स्थापित गर्नुपर्छ ।

जनताले मनाउने धर्म,संस्कार चाडपर्वमा हामीले कुनै अवरोध गर्नु हुँदैन । यो धेरै जनताको भावना जोडिएको विषय पनि हो । तर राज्यसत्तामा बस्ने मानिस आफैंले राज्यसत्ताको प्रयोग गरेर एउटा धर्मलाई प्रश्रय दिने र अर्कोलाई उपेक्षा गर्ने काम चाहिँ गर्नुहुँदैन ।

*******

त्यसैले जनताले मनाउने धर्म, संस्कार चाडपर्वमा हामीले कुनै अवरोध गर्नु हुँदैन । यो धेरै जनताको भावना जोडिएको विषय पनि हो । तर राज्यसत्तामा बस्ने मानिस आफैंले राज्यसत्ताको प्रयोग गरेर एउटा धर्मलाई प्रश्रय दिने र अर्कोलाई उपेक्षा गर्ने काम चाहिँ गर्नुहुँदैन । त्यसलाई हामीले क्रमशः सुधार गर्दै जानुपर्छ ।

दशैंमा आफूभन्दा मान्यजनको हातबाट टीका लगाइन्छ । जनस्तरमा त्यसको अन्तर्य आफूभन्दा वरिष्ठलाई सम्मान गरेको नै हो । तर जब त्यो कुरा राज्यसत्ता वा शासकहरुको तहमा आइपुग्दा शासकहरुले जनतालाई लामबद्ध गरेर टीका लाउनुको अर्थ आफ्नो प्रभुत्व र वरिष्ठता थोपरेको र आफूहरु आमजनताभन्दा फरक र विशिष्ट शासक वर्ग हौं,तिमीहरुले हामीलाई मान्नुपर्छ भन्ने कुरा लाद्न र स्थापित गर्न खोजेको अर्थमा आइपुग्छ । तपाईं आफैंलाई चाहिँ के लाग्छ?

https://2.bp.blogspot.com

हो, त्यसरी टीका लगाइदिनु बेठीक हो । हिजो राजाले आफ्नो दैवी अधिकार र आफू ईश्वरीय अवतार भन्ने दावी गरेर आम जनतालाई टीका लगाइदिने प्रचलन शुरु गरे । अहिले जननिर्वाचित राष्ट्रपति, प्रधानमन्त्री वा पार्टीका नेताले जनता वा आफ्ना कार्यकर्तालाई त्यसरी टीका लगाइदिने प्रचलन ठीक होइन । यो भनेको उनीहरुले फेरि आफूलाई राजा वा दैवीअधिकार सम्पन्न ठान्ने गलत खालको सोच हो । यो एउटा विकृति नै हो र यसलाई हामीले मान्यता दिनु हुँदैन ।

आफ्ना बुबा, आमा, मान्यजनहरुबाट टीका ग्रहण गर्नु एउटा संस्कृतिको अंग हो । त्यो म आफू पनि मान्छु । मेरा ९० वर्षीय पिताजीको हातबाट प्रत्येक वर्ष टीका ग्रहण गर्छु । तर कहिल्यै पनि, हिजो राजाबाट त ग्रहण गर्ने त प्रश्नै थिएन, राष्ट्रपति, प्रधानमन्त्री वा पार्टीका नेतासँग मैले कहिल्यै पनि टीका ग्रहण पनि गर्दिनँ । मैले आफ्ना कार्यकर्तालाई पनि टीका लगाउँदिन । संस्कतिलाई राजनीतिसँग मिसाउनु उपयुक्त हुँदैन ।

हिन्दू देवीदेउताको पूजा हुन्छ दशैंमा । गैर हिन्दूहरुलाई समेत त्यसलाई राष्ट्रिय पर्वको रुपमा मान्नका लागि भनेर लामो विदा दिइन्छ । यसै प्रसंगमा गैरहिन्दूरुको एउटा ठूलो गुनासो के सुनिन्छ भने राज्यले एउटा धर्मलाई काखी च्याप्यो,र अरु धर्महरुलाई अहिलेसम्म भेदभाव र काखापाखा गर्ने गर्छ । यो आवाजलाई कसरी सम्बोधन गरिनुपर्छ?

कुनै पनि पर्वलाई राष्ट्रिय अराष्ट्रिय पर्व भन्नु हुँदैन । नेपालभित्र सबै समुदायले मान्ने पर्वहरु राष्ट्रिय पर्व हो । बहुजाति, बहुभाषिक र बहुसाँस्कृतिक मुलुक हो भनेर संविधानले नै स्वीकार गरिसकेपछि हिन्दू, मुश्लिम, किरात, बुद्धिष्ट लगायतका धर्मावलम्बीहरुले मनाउने धर्म चाडपर्वहरु राष्ट्रिय नै हुन् । ती मध्ये राज्यले सबैलाई आफ्नो छनौटको अधिकार दिएर छुट्टी लगायतको सुविधा दिनु उपयुक्त हुन्छ ।

दशैंको सन्दर्भका कुरा गर्दा राज्यसत्ताको लामो प्रभुत्व रहेको हुनाले लामो समयसम्म यो परम्परा मनाइयो । त्यसैले त्यसको रहलपहल यो हो । त्यसो भएको हुनाले यसलाई क्रमश सुधार गर्दै लैजानुपर्छ ।

छुट्टी त जनतालाई केही समय चाहिन्छ । यो संसारभरि नै चलेको चलन हो । एउटालाई छु्ट्टी दिने अरुलाई नदिने भन्ने हुँदैन । सबैलाई धेरै दिन छुट्टी दिँदा कामको दिन कटौती हुन्छ । त्यसैले सबैका निश्चित पर्वहरुलाई छुट्टी दिने र अरुलाई स्वेच्छिक बनाइदियो भने राम्रो हुन्छ ।

तपाईं एक सचेत राजनीतिकर्मी । हिजो एक कालखण्डमा मार्क्सवाद–लेनिनवाद–माओविचारका कट्टर अनुयायी । हामीले मनाउँदै आएका चाडपर्वका वैज्ञानिक आधार छैन,तिनले धार्मिक अन्धविश्वास,भाग्यवाद,अवतारवाद र स्वर्ग–नरकजस्ता शोषणकारी सोचलाई नै बढावा दिने काम गर्छ भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ?

यो ऐतिहासिक रुपमा विकसित भएर आएको कुरा हो । धर्मसंस्कृतिमा जोडिएका अन्धविश्वास, जातीय विभेद, लैंगिक विभेदहरुलाई अन्त्य गरिनुपर्छ । पूजाआजा गर्दा दलितलाई मन्दिर प्रवेश गर्न नदिने, महिनावारी भएका महिलालाई अछूत खालको व्यवहार गर्ने यी कुसंस्कार अन्धविश्वास हुन्, यस्ता कुराहरुलाई हटाउनुपर्छ । अन्य कुराहरु आफ्नो आस्थाअनुसार मान्ने कुरा हो । म द्वन्द्ववादी भौतिकवादी जीवनपद्दतिमा विश्वास गर्ने मानिस भएकोले धार्मिक रुपमा मेरो कसैप्रति पनि आस्था छैन । यसलाई एउटा साँस्कृतिक पर्वको रुपमा म कतिपय पर्वहरुमा सहभागी हुन्छु । तर धार्मिक कर्मकाण्डहरुप्रति मेरो विश्वास छैन ।

दशैंको सबैभन्दा ठूलो नकारात्मकता यो चाड आम मानिसहरुको लागि आर्थिक भार हुने,आयो दशै ढोल बजाइ,गयो दशैं ऋण बोकाइ बन्ने गर्छ । आजको सन्दर्भमा हामीले दशै जस्तो चाडपर्वलाई कसरी मनाउनुपर्छ,जसले गर्दा जनतालाई भार पनि नपरोस् र पर्व संस्कारहरुको महत्व पनि कायम रहोस्?

बढी आडम्बर र फजुल खर्च गर्नेतिर जानुहुँदैन । चाडपर्व मनाउँदा आफ्नो गच्छेअनुसार मनाउने, राम्रो लगाउने, आफन्तहरुसँग भोजभतेर गर्ने परम्परा सबैतिर हुन्छ । तर यसलाई स्वेच्छिक आधारमा छोडिदिनुपर्छ ।

चाडपर्व मनाउँदा आफ्नो गच्छेअनुसार मनाउने,राम्रो लगाउने,आफन्तहरुसँग भोजभतेर गर्ने परम्परा सबैतिर हुन्छ । तर यसलाई स्वेच्छिक आधारमा छोडिदिनुपर्छ ।

*******

 मानिसहरुले कतिपय बढी तडकभडक, सम्पन्न भनिने धनाढ्य मानिसले गर्दा गरिबहरुले देखासिकी गरेर हैसियत भन्दा बढी खर्च गर्ने र तपाईंले भनेजस्तै आयो दशैं ढोल बजाइ, गयो दशैं रिन बोकाइ भन्ने स्थिति आउन सक्छ । त्यसो गरिनु हुन्न ।

यो विल्कुल स्वेच्छिक आधारमा गरिनुपर्छ । तडकभडक गर्दा ठूलो होइने, नगर्दा सानो होइने भन्ने कुरा नै होइन । यो त इच्छाको कुरा हो ।

जनताले आफ्नो आस्थाका आधारमा मनाउँछन् । तर सचेत राजनीतिककर्मी र द्वन्द्ववाद भौतिकवादमा विश्वास गर्नेहरुले दशैंलाई कसरी मनाउनु ठीक हुन्छ,जसबाट आम जनताले पनि पाठ सिकेर सिको गर्न सकुन्?

सचेत मानिसहरुले धर्मसंस्कृतिभित्रका विभेदकारी प्रावधानहरुलाई समयानुकूल बदल्न र त्यसलाई परिवर्तन गर्नैपर्छ । जातीय लैंगिक आधारमा कायम विभेदहरुलाई कुनै पनि हालतमा मान्यता दिन सकिँदैन । संविधान, कानून र सभ्य समाजले नै बर्जित गरिसकेको त्यो कुराको अभ्यास पटक्कै गरिनु हुँदैन ।

चेतनाको कमीका कारणले कतिपय मानिसहरुले अन्धविश्वासजन्य कामहरु गर्ने गर्छन् । त्यसलाई प्रतिबन्ध लगाएर भन्दा पनि जनताको चेतना विकास गरेर अन्धविश्वासजन्य प्रथाहरु छोड्दै जाने र वैज्ञानिक प्रथाहरु अपनाउँदै जाने दिशातिर हामी जानुपर्छ ।

*******

चेतनाको कमीका कारणले कतिपय मानिसहरुले अन्धविश्वासजन्य कामहरु गर्ने गर्छन् । त्यसलाई प्रतिबन्ध लगाएर भन्दा पनि जनताको चेतना विकास गरेर अन्धविश्वासजन्य प्रथाहरु छोड्दै जाने र वैज्ञानिक प्रथाहरु अपनाउँदै जाने दिशातिर हामी जानुपर्छ । सामाजिक राजनीतिक अगुवाइ गर्ने मानिसहरुले सर्वसाधारण जनतामा वैज्ञानिक चेतना प्रसार गर्नैमा जोड दिनुपर्छ । जनताले अन्धविश्वासको पछि लाग्यो भनेर हामीले पनि अन्धविश्वासजन्य कर्महरु गर्नुहुँदैन ।

हरेक कुरामा सकारात्मकता र नकारात्मकता दुवै पक्षहरु अन्तरनिहित हुने गर्छन् । बुँदागत रुपमा भन्नुपर्दा तपाईंको विचारमा दशैंको सकारात्मकता र नकारात्मकताहरु के के हुन्?

सकारात्मक पक्षको कुरा गर्दा मैले अघि पनि भनें, मानिस अत्यन्तै जटील प्राणी हो । विवेक, आवेग, भावना, सौन्दर्यचेत सहितको प्राणी हो । यस्ता चाडपर्वले हासखेल गर्ने, रमाइलो गर्ने, नाचगान गर्ने, भोजभतेर गर्ने, आफन्तहरु भेटघाट गर्ने गर्दा उसको मनोवैज्ञानिक सन्तुष्टि र आत्मीयता बृद्धि हुनु सकारात्मक पक्ष हो । चाडपर्वमा विदेश गएका मानिसहरु, शहरबजारतिर गएका मानिसहरु गाउँघरतिर फर्केर आउने, भेटघाट गर्ने, इष्टमित्र नातागोता आउने हुन्छ । यसले सामाजिक सम्बन्ध विस्तार गर्ने काम गर्छ । यो राम्रो पक्ष हो ।

यसको नराम्रो पक्षको कुरा गर्दा कतिपय अन्धविश्वासजन्य, जातीय लिंगीय विभेदजन्य कुराहरुलाई हटाउँदै जानुपर्छ । सँगसँगै अनावश्यक ढंगले फजुल खर्च गर्ने, हैसियत वा आम्दानीभन्दा खर्च बढी गर्ने प्रवृत्ति, त्यसलाई निर्मुलीकरण र अन्त्य गर्नुपर्छ ।   

कमेन्ट

  1. Oct. 4, 2019, 1:03 a.m. Sanath bhandari
    Ratopati ley vann khojeko k? Bahas garnu xw vane sabai dharm ko garnu parx jahile pani hindu lai target garcan..aruko parv mahan hunx jati animal ko bali diye pani hindu ma matra birodh garx.
  2.  0 Reply
  3. Oct. 3, 2019, 10:56 a.m. surendra gautam
    याे राताेपाटी त पुरै हाम्राे धर्म स‌स्कृति विराेधि रहेछ । यसकाे प्रश्न गर्ने शैली नै हेराै न । जबरजस्ती बाबुरामलाइ हिन्दु धर्म नराम्राे हाे भनाउन खाेजेकाे देखिन्छ । जायज कुराकाे विराेध गर्नु उचित हाे तर जे पनि नराम्राे भन्ने किन पार्न किन खाेजेकाे । यदि तिमिहरुलाइ मान्न मन छैन भने नमान ।
  4.  0 Reply
  5. Oct. 2, 2019, 8:54 p.m. Roman Adhikari
    Dr. Bhattarai Timro budhhi kira pareko chha....! Timri sarai Phataha manuwa dharti ko bojh hau ...!!!
  6.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...