शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दसैँमा खसीको खुसी !

बुधबार, १५ असोज २०७६, १३ : ०६
बुधबार, १५ असोज २०७६

काठमाडौँ । दसैँ र खसीको मासु पर्याय जस्तै छ । अरु बेला जे भए हुन्छ, तर दसैँमा चाहिँ सबैलाई खसीको मासु खानैपर्छ । मानिसहरु केही पैसा ऋण काढेरै भए पनि खसी किन्न मरिहत्ते गर्छन् ।

अझै पनि गाउँघरमा घरमा खसी ल्याएर, त्यसको विभिन्न परिकार बनाएर आफन्तलाई खुवाउनु प्रतिष्ठाको विषय बन्ने गर्छ । त्यही भएर दसैँ खसी किन्न पाउँदा कम्ता खुसी हुँदैनन् मानिसहरु ।

अन्य समयभन्दा दसैँमा खसीको माग अत्यधिक हुन्छ । यसपटक पनि दसैँकै लागि भनेर हजारौँको संख्यामा खसीहरु आयात गरिएका छन् ।

सरकारले पनि दसैँ, तिहार र छठ पर्वका लागि खसी, बोका र च्याङग्राको बिक्री वितरण सुरु गरेको छ ।

सरकारले काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसरभित्र सोमबारबाट दसैंसहितका चाडपर्वका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको बिक्रीवितरण सुरु गरेको हो ।

खसी,बोकाको प्रतिकेजी रु ५५० र च्याङग्राको प्रतिकेजी रु ७३० रुपैयाँ मूल्य निर्धाण गरेको छ । हाल बजारमा जीउँदो खसी बोकाको मासु प्रतिकेजी रु ६२० रुपैयाँसम्म बिक्री हुने गरेको छ । त्यसलाई घटाएर प्रतिकेजी ५५० मूल्य कायम गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

बुधबार बल्खुस्थित खसीबजार पुग्दा खसी किन्नका लागि बाक्लै भीड देखिन्थ्यो । कोही खसी तौलिरहेका थिए भने कोही मोलमलाइ गर्न व्यस्त थिए ।

हेरौँ खसीबजारका केही तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप