बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘घामड शेरे’ गीत : निश्चललाई मनपर्यो स्वस्तिमा साली

बुधबार, १५ असोज २०७६, ११ : ४१
बुधबार, १५ असोज २०७६

फिल्म ‘घामड शेरे’को पहिलो गीत ‘साली मनपर्यो’ सार्वजनिक भएको छ । ८ कार्तिक प्रदर्शन मिति तय भएको फिल्मले यो गीत डान्सिङ विटमा रोमान्टिक पारामा तयार पारिएको छ । 

गीतमा ‘रियल जोडी’ निश्चल बस्नेत र स्वस्तिमा खड्का देखिएका छन् । फिल्ममा पनि यी दुबैको मूख्य भुमिका रहेको छ । फिल्ममा यी दुबै श्रीमान् श्रीमतीको भूमिकामै देख्न पाइने निर्माण पक्षले जनाएको छ । 

दशैंको अवसर पारेर सार्वजनिक गरिएको गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत छ । उनलाई गायनमा अस्मिता अधिकारीले साथ दिएकी छन्, भने  कोरियोग्राफी दीप लामा (द नेक्स्ट)को रहेको छ ।

‘घामड शेरे’ कमेडी विषयवस्तुमा निर्माण भएको फिल्मम हो । निश्चिल र स्वस्तिमाको अलवा फिल्ममा गौरी मल्ल, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखकलगायतको समेत अभिनय समेटिएको छ । 

नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको फिल्म हेमराज विसीले निर्देशन गरेका हुन् । अधिकांश छायाँकन सुर्खेतमा भएको फिल्मको वितरण स्टेशन फाइभ र डिसिएनले मिलेर गर्दैछन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप