शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१० हजार घुससहित एक जना पक्राउ

मङ्गलबार, १४ असोज २०७६, २२ : ०९
मङ्गलबार, १४ असोज २०७६

काठमाडौं । नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारीलाई अख्तियारले पक्राउ गरेको छ । 
 जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्य गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग
अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

घुसबापतको १० हजार रुपैयाँ  लिइसकेको अवस्थामा उनलाई पोखरा महानगरपालिका वडा नं ९ स्थित बुद्ध चोक नजिकैबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । 
अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप