शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘यूनाईटेड सिमेन्टस्को उपहार सररर कार’ योजनाका विजेता घोषणा

मङ्गलबार, १४ असोज २०७६, १८ : ५९
मङ्गलबार, १४ असोज २०७६

काठमाडौं– यूनाईटेड सिमेन्टस्को ग्राहक योजना ‘यूनाईटेड सिमेन्टस्को उपहार सररर कार’ अन्र्तगतको लक्की ड्रका विजेता घोषणा भएको छ ।

गत बैशाख २०७६ देखि असार मध्य २०७६ सम्म लागु गरिएको ग्राहक योजना अनुसार ५ जोडीलाई (दश जना) दुवई भ्रमण तथा १ जनालाई बम्पर उपहार स्वरुप हुन्डाई सेन्ट्रो कार उपहार लक्की ड्र बाट छनोट गरिएको छ । जसबाट विजेताको नम्बर सार्वजनिक भएको छ । 

यस अनुसार कुपन नं. १५७८७ सेन्ट्रो कार बिजेता बन्न सफल भएका छन् भने कुपन नं. २०२४९, २२९४३, २३१८३, २३७१८, ५२११९ दुवई भ्रमणको उपहार विजेता बनेका छन् । 

यो उपहार बिजेताले कुपनको अर्धकट्टी तथा आफ्नो परिचय पत्र सहित २०७६ कात्र्तिक ३० गते भित्र यूनाईटेड सिमेन्ट्सको कार्यालयमा सम्पर्क गरि उपहार दाबी गरिसक्नु पर्ने उद्योगले जनाएको छ । 

कार्यक्रममा यूनाईटेड सिमेन्टस्का प्रबन्ध निर्देशक विकास दुगडले सबै बिजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै यस्तो किसिमको उत्साहबर्धक ग्राहक योजना भविष्यमा पनि यूनाईटेड सिमेन्टस्ले ग्राहकमाझ पस्कने प्रतिबद्धता जनाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप