बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी वृत्त महाराजगन्जले पायो अत्याधुनिक भवन, आईजीपीद्वारा उद्घाटन

मङ्गलबार, १४ असोज २०७६, १५ : २५
मङ्गलबार, १४ असोज २०७६

काठमाडौं–प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । 

प्रहरी महानिरीक्षक खनालले प्रहरीहरुले आफ्नो काम गर्ने शैलीमा सुधार गर्दै अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे । 

मंगलबार अत्याधुनिक शैलीमा निर्माण गरिएको महानगरीय प्रहरी वृत्त महाराजगन्ज भवनको उद्घाटन गर्दै उनले भवनको उद्घाटनसँगै त्यसबाट प्रवाह हुने सेवा पनि सुन्दर हुनुपर्ने आफूले अपेक्षा गरेको पनि बताए । प्रहरी महानिरीक्षक खनालले प्रहरीले न्याय सम्पादनको कामलाई प्रभावकारी बनाउँदै लैजाने गरी प्रहरी भवन निर्माण कार्यलाई पनि अत्याधुनिक बनाउँदै लगिएको पनि स्मरण गरे । 

सो भवनमा लिफ्टको पनि व्यवस्था गरिएको छ । डिएफआईडी नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको सो भवनको लागत ११ करोड रहेको छ । प्रहरी महानिरीक्षक खनालले अत्याधुनिक सो भवन निर्माणसँगै त्यसले प्रवाह गर्ने सेवा पनि आधुनिक हुने विश्वास व्यक्त गरे । 

यसैबीच आईजीपी खनालले महानगरीय प्रहरी वृत्त  लैनचौर, सोह्रखुट्टेको नवनिर्मित कार्यालय भवनहरुको पनि उद्घाटन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप