केन्द्रीय संस्करण
स्वास्थ्य-वार्ता

‘३६ प्रतिशत बालबालिका पुड्कोपनको सिकार भएको देशको पोषण स्थिति राम्रो भन्न मिल्दैन’

अनावश्यक विज्ञापन सरकारले रोक्न नसकेकै हो– वरिष्ठ पोषणविद् डा. उमा कोइरालासँगको अन्तरवार्ता

person explore access_timeअसोज १४, २०७६ chat_bubble_outline0

काठमाडौँ । अहिले नेपालको पोषणको अवस्था हेर्ने हो भने खासै चित्त बुझ्दो अवस्था छैन । सरकारले सुधार हुँदै आइरहेको भने पनि सरकारको तथ्याङ्कलाई हेर्ने नै हो भने सन्तोषजनक अवस्था भने पाइन्न । अझैसम्म पनि नेपालका बालबालिकामा ३६ प्रतिशत पुड्कोपन, रक्तअल्पता ४०, मोटोपन २१ प्रतिशत भएको देशमा पोषणको अवस्थामा सुधार आएको भन्न नमिल्ने पोषणविद्हरूकै भनाइ छ ।

कर्णाली र प्रदेश नं. २ मा अन्य प्रदेशको भन्दा पोषणको अवस्था खस्कँदै गएको छ । ग्रामीण क्षेत्रमा अभावका कारण पोषणको अवस्थामा सुधार आउन सकेको छैन भने सहरी क्षेत्रको व्यस्त जीवनले बजारमा पाइने प्याकेटका खानेकुरा बढी खाँदा पोषणमा समस्या देखिएको छ । जुन सरकारका लागि पनि चुनौतीको विषय बन्दै गइरहेको छ ।

प्याकेटका खानेकुराले पनि नागरिकको स्वास्थ्यमा समस्या बढ्दै गइरहेको वरिष्ठ पोषणविद् डा. उमा कोइरालाको तर्क छ । आफ्नै परम्परागत खानालाई प्राथमिकता दिने हो भने पोषणको अवस्था राम्रो हुन कति पनि समय नलाग्ने देखिन्छ । नेपालको पोषणको अवस्था, नागरिकले खानपानमा ध्यान दिनुपर्ने कुरा, आधुनिक जीवनशैलीले स्वास्थ्यमा पार्ने असर र सरकारले ध्यान दिनुपर्ने कुरा लगायत विषयमा वरिष्ठ पोषणविद् डा. कोइरालासँगको कुराकानी ।

डा. डाक्टर कोइराला विगत ३५ वर्षदेखि पोषणको क्षेत्रमा काम गर्दै आइरहेकी छिन् ।

कस्तो खानालाई पोषणयुक्त (पौष्टिक) खानपान भनेर नागरिकले बुझ्ने ?

हामी नेपालीले जुन खाना खान्छौँ, त्यो सबै खाना मिलाएर खाने हो भने पोषिलो खाना हुन्छ । उदाहरणको लागि भात अथवा रोटी, मकैको ढिँडो, कोदोको ढिँडो, च्याख्ला, दाल अन्नका रूपमा भात अथवा ढिँडो खान्छौँ, गेडागुडीको रूपमा दाल खान्छौँ । हरियो तरकारी अनि अचार, मासु (जनावरजन्य), पहेलो तरकारी फर्सी मौसमअनुसार पाइने खानेकुरा खाँदा सुन्तुलित भोजन हुन्छ र पौष्टिकयुक्त पनि हुन्छ ।

नेपालीहरूले खाँदै आएको खानालाई सन्तुलित बनाउनको लागि अझ के गर्नुपर्छ होला ?  

सबैभन्दा ठूलो समस्या भनेको नै सन्तुलित आहार नखाइरहेको अवस्था हो । सबैलाई यो कुराको ज्ञान पनि छैन । जानकारी भएकाले कतिले बिगारेर खाइरहेका छन् । जस्तो पहिला ढिँडो, च्याख्ला खाने चलन थियो । तर अहिले सम्पूर्ण रूपमा त्यो स्थान चामलले ओगटेको छ । चामलमा पनि सफा, सेतो बनाएको खाने चलन छ । हामीलाई त्यस्तो खानाका बानी भइसक्यो भने अर्का  गाउँघरमा धेरै किसिमको खानाहरू खाँदैनन् ।

एउटा समयको अभाव अर्काे सधैँ नपाउने हुँदा पनि गाउँघरमा एकदम न्यून खानाले पेटभर्ने मात्रै उपाय गरिरहेको हुन्छ । एकातिर त्यो छ भने अर्काे सहरी क्षेत्रमा प्याकेटमा भएका खानेकुराहरू धेरै उपलब्ध छ । जथाभावी थाहा नपाएर खानेकुराहरू किनेर खाइरहेको हुन्छ । यस्ता खानाहरूले क्यालोरी मात्रै दिन्छ । उदाहरणका लागि बजारमा सजिलै उपलब्ध छ, भोक लाग्यो प्यास लाग्यो भन्दै कोक खाने चलन छ । कोकले पेट डम्म भरेको जस्तो हुन्छ । कोकले शरीरलाई चिनी दिन्छ, अन्य किसिमको पौष्टिक पदार्थ भने दिँदैन ।

*****

खानालाई प्राथमिकता नदिनु नेपालीको सबैभन्दा ठूलो समस्या हो । जब कि खाना हाम्रो जग हो । खाना नभई शरीर स्वास्थ हुँदैन । खानाबिना मान्छे नै बन्न सक्दैन । त्यो कुराको अझै अज्ञानता छ । त्यसले गर्दा खाना त जे खाए पनि, जति खाए पनि पेट भर्ने त हो नि भन्ने थेगो अहिलेसम्म पनि छ । तर पेट भर्ने होइन, खाना हाम्रो शरीरको आवश्यकता हो ।

*****

कोकको सट्टा हामीले भुटेको अथवा हरियो मकै खायौँ भने प्रोटिन, क्यालोरिन, अन्य किसिमको खनिजतत्व, भिटामिनहरू  पाइन्छ तर त्यो कुराको ज्ञान हामीलाई छैन । नेपालको कतिपय ठाउँमा प्रशस्त मात्रामा आलु पाइन्छ तर आलु हामीले तरकारीका रूपमा मात्रै खाइरहेका हुन्छौँ । आलुलाई चामलको सट्टा प्रयोग गर्दा पनि हुन्छ ।

यस्ता कुराहरूको ज्ञानको हामीसँग कमी छ । एकातिर भएको खाद्य पादर्थलाई हामीले उचित तरिकाले खान सकेका छैनौँ भने अर्काेतिर कतिपय विभिन्न प्रकारका खानेकुरा सबै समयमा नपाउँदा पनि न्यून खानाले पेट मात्रै भर्ने काम भइरहेको छ । 

खानालाई प्राथमिकता नदिनु नेपालीको सबैभन्दा ठूलो समस्या हो । जब कि खाना हाम्रो जग हो । खाना नभई शरीर स्वास्थ हुँदैन । खानाबिना मान्छे नै बन्न सक्दैन । त्यो कुराको अझै अज्ञानता छ । त्यसले गर्दा खाना त जे खाए पनि, जति खाए पनि पेट भर्ने त हो नि भन्ने थेगो अहिलेसम्म पनि छ । तर पेट भर्ने होइन, खाना हाम्रो शरीरको आवश्यकता हो ।

२४ घण्टामा हामीलाई कामको हिसाबले १५ सयदेखि २२ सयसम्म क्यालोरी चाइन्छ । अझ भारी बोक्नेलाई २८ सयसम्म चाहिन्छ । प्रोटिन तौलको हिसाबले एक किलो तौललाई एक ग्राम प्रोटिन भन्छौँ । त्यो हाम्रो शरीरको दैनिक क्रियाकलाप सञ्चालनका लागि चाहिने तत्व हो । तर अनभिज्ञताको कारणले खानेकुरालाई महत्त्वका साथ हेर्ने गरिँदैन ।

हाल नेपालको पोषणको अवस्था कस्तो पाउनु हुन्छ ?

त्यति उत्साहजनक चाहिँ भन्दैनौँ । यही विषयमा धेरै अध्ययन गरेको र ज्ञान भएको नाताले बाहिर सहरमा हृष्टपुष्ट मान्छे देखेर पोषणको स्थिति एकदमै भन्न सक्दैनौँ तथ्याङ्क हेर्नुपर्छ । तथ्याङ्कले लगभग नेपालमा ५० प्रतिशत बालबालिका कुपोषण भएको कुरा आइरहेका छन् । कडा किसिमको कुपोषण अथवा पुड्कोपन ३६ प्रतिशत छ । ३६ प्रतिशत बालबालिका पुड्कोपनको सिकार भएको देशको पोषण स्थिति राम्रो भन्दैनौँ । उमेरअनुसारको तौल नभएका बालबालिका २७ प्रतिशत, ख्याउटे ११ प्रतिशत छन् ।

 अझ योभन्दा भयावह रक्तअल्पता भएका ४० प्रतिशतभन्दा बढी छन् । युवा अवस्थामा रक्तअल्पताको धेरै समस्या देखिएको छ, यो डरलाग्दो अवस्था हो ।  युवामा देखिएका यस्ता समस्या अब आउने पुस्तालाई रक्तअल्पताले सोझै असर पार्छ । कुपोषणको कुचक्रमा फस्ने बढी सम्भावना हुन्छ । यो चाहिँ चिन्ताजनक स्थिति हो ।

खानपानले स्वास्थ्यका लागि एकदमै महत्त्व राख्छ । पछिल्लो समय पोषयुक्त खानेकुरामा नागरिकको चासो कम भएको हो  ? तपाईं यही क्षेत्रको विज्ञका हिसाबले के पाउनु हुन्छ ?

चासो कम पनि छैन । अहिले अलि धेरै बढेको पनि देखिन्छ । स्वास्थ्यसँग भन्दा पनि शरीरको तौलसँग बढी मतलब राखेको देखिन्छ । चासो अत्यधिक बढेको छ । तर यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्राविधिक सीप भने पाइन्न ।

 रामदेवले तौल घट्छ छ उफ्र भन्दा उफ्रिदिने, विभिन्न क्याप्सुल बजारमा आएको छ । यो खाएपछि तौल अथवा पेट घट्छ भन्दा किनेर खाने, आलु खायो भने तौल बढ्छ, नखाउँ भन्ने त्यस्तो किसिमको अपवाद धेरै छन् ।  यस्ता कुराले एकदमै धेरै नकारात्मक असर गरिरहेको छ । शरीरलाई सुन्दर बनाउन धेरैको चासोको विषय छ तर कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा भने समस्या देखिएको छ, खासै जानेको पाइँदैन । बजारमा आएको विभिन्न कुरामा तौल घटाउन खोज्ने हो भने यस्ता कुराहरूले स्वास्थ्यमा नकारात्मक असरहरू पार्न सक्छन् र पारेका पनि छन् । त्यसैले सकेसम्म चिकित्सक अथवा विज्ञ व्यक्तिहरूकै सुझावको आधारमा तौललाई नियन्त्रण गर्दा राम्रो हुन्छ । 

*****

यस्तै प्याकेटको खानेकुराको विज्ञापन पनि धेरै भएको पाइन्छ । चाउचाउ खाएपछि ब्रेन ठूलो भएको, होमवर्क फटाफट गर्ने देखाउने, आइसक्रिम खाएपछि फ्रेस हुने, हर्लिक्स खाएपछि यति इन्च बढ्यो भनेर देखाउने जस्ता नकारात्मक  विज्ञापन धेरै छन् । मान्छेहरूको चासो पनि धेरै यस्तै विज्ञापनहरूमा देखाएको पाइन्छ । घरको वरिपरि यस्ता प्याकेटका खानेकुरा सहजै रूपमा पाउने हुँदा पनि बढी मात्रामा प्रयोग गरेको देखिन्छ ।

*****

परम्परागत खानाहरू पाउनै छाडेर नागरिक आधुनिक खानापानतर्फ केन्द्रित भएको हो कि अथवा भएर पनि नेपालीहरूले नखाएको हो ?

भएर पनि नखाएका हो । हामी घरमा सजिलै रोटी पकाउन सक्छौँ । तर रोटी पकाउन छाडेर चाउचाउ किनेर खाने चलन छ । च्यूउरा तरकारी पनि बनाएर खान सक्छौँ नि । नभएको होइन तर अहिले अति नै किनेर खाने चलन धेरै भयो ।

अब हातमा पैसा छ, कसले बनाइराख्ने ? किनेर ल्याएर खा भन्ने अविभाव पनि छन् । सहरी क्षेत्रमा बनाएर भन्दा पनि किनेर खुवाउने चलन धेरै हुँदा प्याकेटको खानेकुरा खानेको सङ्ख्या धेरै छ भने गाउँघरमा धेरै कामले गर्दा बनाएर खाने फुर्सद पनि छैन ।

बालबालिकाले देख्नेगरी पसलमा प्याकेटको खानेकुरा राख्ने गरिन्छ । बालबालिका प्याकेटको खानेकुरा खानलाई जिद्धी गर्ने हुँदा पनि अविभाव किन्न बाध्य हुन्छन । प्याकेटको खानेकुरा बढी मात्रामा प्रयोग गर्नेमा यी दुई, तीन किसिमको प्रवित्तिहरू धेरै देखिएका छन् ।

यस्तै प्याकेटको खानेकुराको विज्ञापन पनि धेरै भएको पाइन्छ । चाउचाउ खाएपछि ब्रेन ठूलो भएको, होमवर्क फटाफट गर्ने देखाउने, आइसक्रिम खाएपछि फ्रेस हुने, हर्लिक्स खाएपछि यति इन्च बढ्यो भनेर देखाउने जस्ता नकारात्मक  विज्ञापन धेरै छन् । मान्छेहरूको चासो पनि धेरै यस्तै विज्ञापनहरूमा देखाएको पाइन्छ । घरको वरिपरि यस्ता प्याकेटका खानेकुरा सहजै रूपमा पाउने हुँदा पनि बढी मात्रामा प्रयोग गरेको देखिन्छ ।

 चाउचाउ, चकलेट, चाउमिन, मम, बिस्कुट, हर्लिक्स जस्ता खानेकुरामा नागरिकको ध्यान गएको देखिन्छ । यस्ता खानाले हाम्रो शरीरलाई फाइदा गर्छ कि बेफाइदा ? केकस्ता समस्या निम्त्याउँछ ?

बाहिरका तयारी खानेहरूले पक्कै पनि स्वास्थ्यमा समस्या ल्याउँछ । यो विभिन्न अध्ययन अनुसन्धानले देखाएको कुरा पनि हो । तयारी खानाहरूमा केमिकल, रसायनिक पदार्थ, कतिपय बनाएर दिएको खानेकुरामा नै तेल राम्रो हुँदैन । सडेगलेको खानेकुरा राखिरहेको हुन्छ । यस्ता खालका खानेकुराले पेटसम्बन्धी समस्या धेरै आउँछ ।

मिर्गाैला, पेटसम्बन्धी रोग, मधुमेह जस्ता रोग लाग्नुमा पनि यस्ता खालका खानेकुराको उपज हो । अरूले तयार गरेको खानेकुरा स्वास्थ्यका दृष्टिकोणले राम्रो हुँदैन । त्यसले गर्दा धेरै किसिमको समस्या आउने जस्तै कुपोषण, रक्तअल्पता, मिर्गाैला, लिबरमा खराबी हुने जस्ता समस्या आउँछन् । बाहिरको तयारी खानेकुरा नखानु भन्ने नै हाम्रो अभियान हो । मनोरञ्जनका लागि कहिलेकाहीँ हप्तामा एक पटक खादा खासै असर नपर्ला तर त्यस्ता खानेकुरा खाने हाम्रो बानी बनाउनु भएन ।

पछिल्लो समय नागरिक विभिन्न रोगको सिकार बन्नुमा यस्ता खानपानको पनि कारण हो भन्न मिल्छ कि मिल्दैन ?

सर्ने र नसर्ने रोग दुई किसिमको हुन्छ । सर्ने प्रत्यक्ष्य रूपमा किटाणुहरू हाम्रो, खाना, पानी, हावा शरीरभित्र गएर रोग फैलाउँछ । अर्काे नसर्ने किसिमको रोगहरू पनि छन् । सर्ने रोग देखिन्छ उपचार गरिन्छ रोकथाम हुन्छ । धेरैजसो बानी, वातावरण प्रभावले गर्दा नसर्नेरोग लाग्नेको सङ्ख्या बढ्दै गइरहेको छ ।

 नसर्ने रोग अन्य कारणले पनि लाग्छ तर धेरैजसो हाम्रो जीवनशैली, खानापान र वातावरणले असर पारिराखेको हुन्छ, त्यो झट्ट देखिँदैन । नसर्ने रोग एकदमै पराकाष्टा भएपछि मात्रै थाहा हुन्छ । अहिले सयुक्त राष्ट्र सङ्घले पनि नसर्ने रोगलाई ठूलो समस्याका रूपमा लिएको छ । यो चाहिँ खानापान र मान्छेको जीवन जिउने शैलीबाट भएको हो, भन्ने कुराहरू धेरै अध्ययनले देखाइसकेको छ ।

परिवर्तनशील समयमा नयाँ साधनलाई हामीले आत्मसात त गर्नु नै पर्छ । हरेकको घरमा टेलिभिजन छ । हरेकको घरमा रेफ्रिजेरेटर, ओभन छ । यी चिजहरू हाम्रो दैनिकिसँग जोडिएको जस्तै भयो । तर त्यो कुराहरूले हाम्रो शरीरलाई, खानपानलाई नराम्रोसँग असर गरिरहेको हुन्छ । रेफ्रिजेनेटरमा राखेको कुराहरूमा केमिकल्स आउँछ ।

चिसो बनाउन केमिकलले काम गरिरहेको हुन्छ । त्यो केमिकल जाने शरीरमा नै हो । बिस्तारै त्यसले शरीरलाई असर गर्दै जान्छ र लामो समय भएपछि क्यान्सर जस्ता रोग देखिने अध्ययनले नै देखाएको छ ।

माइक्रोओभनमा पनि प्रत्यक्ष तातो बनाएर खाना खानु हुँदैन भनिन्छ । यस्ता कुराले पनि शरीरलाई असर गर्छ । जुन हामी परम्परागत कुरालाई छोडेर अहिले यो स्टेजमा आएका छौँ । यो पद्धतिले हाम्रो शरीरलाई नकारात्मक असर गर्छ नै । सर्ने र नसर्नै दुवै किसिमको रोगबाट शरीर प्रभावित हुन सक्छ ।

अहिलेको खानपानमा कन्ट्रोल छैन । बाहिरको फ्याक्ट्रीले उत्पादन गरेका खानेकुरा खाद्य पदार्थमा सरकारले पनि राम्रोसँग मूल्याङ्कन र जाँच गर्न सकेको छैन । कस्तो किसिमको खानेकुरामा केमिकल राख्छन् । त्यो पनि थाहा हुँदैन । कतिपय केमिकल खाना योग्य पनि छन्, जुन अनुमति पनि दिएको हुन्छ । तर त्यस्तो खाने केमिकल हालेर बनाएको खानेकुरा महँगो हुन्छ । महँगो पर्दा नाफा आउँदैन त्यसैले फ्याक्ट्रीबाट उत्पादन हुने खानेकुराहरूमा कम गुणस्तर भएका केमिकलहरू प्रयोग गरेको हुन्छ ।

यस्ता कुरालाई हेर्ने बुझ्ने मेकानिजम हामीसँग छैन । हामीले जति पनि तयारी खानेकुरा खाइरहेका हुन्छौँ, केही न केही केमिकल हाम्रो शरीरमा परि नै रहेको हुन्छ । केमिकल जम्मा हुँदै जाँदा पछि शरीरमा विभिन्न खालका समस्या निम्त्याउने हो ।

नेपालमा कस्ता खालका पोषणको समस्या बढी पाउनु हुन्छ ?

विकाससित देशहरूमा अत्यधिक पोषणले समस्या छ । नेपालको कुरा गर्ने हो भने न्यून पोषणको समस्या छ । नेपालमा प्रोटिन, क्यालोरीको समस्या छ । प्रोटिन, क्यालोरी कसैले कम खाने कसैले धेरै खाने समस्या छ । प्रोटिनको मात्रा हामी खाने भनेको असाध्य कम हो । सहरी क्षेत्रमा दसैँको बेलामा कति अर्बको मासु आयो भन्ने कुरा सुनिन्छ । त्यो चार्डपर्वको बेलामा मात्रै हुन्छ तर शरीरलाई दैनिक आवश्यक पर्छ ।

त्यसैले हाम्रो खानामा नियमितता चाहिँ छैन । हामीलाई प्रोटिन र क्यालोरीको समस्या भएको हुनाले न्यून पोषणको समस्या पनि धेरै छ । पुड्को पन, ख्याउटे पन यस्तै समस्याको कारणले हो । अर्काे समस्या भनेको नदेखिने भोकमरी (हिँड्न हङ्गर) हो । नदेखिने भोकमरी चाहिँ भिटामिन र खनिजतत्वहरूको कमीले हुन्छ ।

 ३६ प्रतिशत पुड्कोमा पनि यसको कमी देखिन्छ । रक्तअल्पताको कुरा गर्दा झण्डै ४० प्रतिशत बालबालिको समस्या छ भन्नु नै नदेखिने भोकमरी हो । भिटामिन, आइरनको समस्या धेरै छन् ।

*****

नेपाल सरकारले बुहक्षेत्रीय पोषण योजना सन् २०१३ देखि नै लागू गरेको छ । नेपाल सरकारको यो ठूलो र एउटै मात्रै दस्तावेज र पोषणको नीति पनि हो । त्यसमा विभिन्न क्षेत्र नागरिक समाज, निजी क्षेत्र, फुड इन्डस्ट्रीहरूसँग पनि मिलेर काम गर्ने र उनीहरूलाई पनि पोषणप्रति जागरूप बनाएर नागरिकलाई पोषिलो खानाको उत्पादन र वितरणमा सहयोग गर्ने र सहयोग लिने भन्ने कुरा त्यहाँ लेखेको छ । तर अहिलेसम्म पनि यो कुरामा फुड इन्डस्ट्रीहरूलाई भने ल्याउन सकेको छैन ।

*****

अहिले भिटामिन ‘डी’को समस्या छ धेरै देखिन्छ नि ?

 हामी सन्तुलित खाना खाँदैनौँ । न्यून गुणस्तरको खाना कोक, फ्यान्टा, सोडाजन्य पेय पदार्थ खाइरहेका छौँ । यस्ता खानाले हाडलाई ख्याउँदै लैजान्छ । चिनी धेरै खाँदा पनि हाडहरू मक्किने, कमजोर हुने समस्या हुन्छ । हामीले हाडलाई बलियो बनाउने खानेकुराहरू, दूध, माच्छा मासु धेरै खाँदैनौँ । तर कोक फ्यान्टा नियमित खाइरहेका हुन्छौँ ।

यस्ता खानाले बोनलाई कमजोर बनाउँछ । अहिले हामी घाममा बस्न चाहँदैनौँ अथवा दिनभरीको कामले गर्दा पनि घाममा निस्कने समय हुँदैन । जति धेरै घाममा बस्यौँ त्यति धेरै भिटामिन ‘डी’ पाउँछौँ । भिटामिन ‘डी’ पाउने खानाको स्रोत पनि अलि गाह्रो छ । त्यसले गर्दा अहिले भिटामिन ‘डी’को समस्या देखिएको हो ।

विभिन्न किसिमका प्याकेटका खानेकुराका सञ्चार माध्यम, सार्वजनिक स्थानमा विज्ञापन भइरहेको पाइन्छ ? नियन्त्रणका लागि तपाईंहरू जस्ता पोषण विज्ञले केही पहल गर्नुभएको छ ?

हामी पनि पोषणका लागि सामाजिक अभियान्त हौँ । जागरूप बढाउने, ज्ञान दिलाउने कुरामा हामी निरन्तर लागिरहेका छौँ । यस्ता खाद्य पदार्थ बजारमा ल्याउने व्यक्तिलाई नागरिकलाई पोषिलो खानेकुरा दिऊँ भन्ने कुरामा ध्यान कम छ । व्यवसायी पोषणसम्बन्धी हाम्रो विभिन्न कार्यक्रममा उहाँहरू आउन मान्नुहुन्न । हामीले व्यवसायी तथा उत्पादन कम्पनीलाई पनि बारम्बार भन्दै आइरहेका छौँ ।

नेपाल सरकारले बुहक्षेत्रीय पोषण योजना सन् २०१३ देखि नै लागू गरेको छ । नेपाल सरकारको यो ठूलो र एउटै मात्रै दस्तावेज र पोषणको नीति पनि हो । त्यसमा विभिन्न क्षेत्र नागरिक समाज, निजी क्षेत्र, फुड इन्डस्ट्रीहरूसँग पनि मिलेर काम गर्ने र उनीहरूलाई पनि पोषणप्रति जागरूप बनाएर नागरिकलाई पोषिलो खानाको उत्पादन र वितरणमा सहयोग गर्ने र सहयोग लिने भन्ने कुरा त्यहाँ लेखेको छ । तर अहिलेसम्म पनि यो कुरामा फुड इन्डस्ट्रीहरूलाई भने ल्याउन सकेको छैन ।

निजी क्षेत्रका केही संस्थाले पोषिला खाना उत्पादन र वितरण गर्दै आएका छन् । सर्वाेत्तम पीठो सानो सानो प्याकेट बनाएर बेचिरेहेको छ भने अण्डाको प्रमोसन गरिरहेको छ । भरखर केही कुरा अगाडि बढ्दै छ । आगामी दिनमा केही राम्रो होला भन्ने यो आशा गरेका छौँ । 

 कुनै पनि सञ्चार माध्यमा नागरिकलाई असर पर्ने खालका कुरा विज्ञापनका रूपमा दिन पाइन्न भन्ने नीति नियम नै छ । तर विज्ञापन भएको पाइन्छ नै के सरकारले नियन्त्रण गर्न नसकेकै हो ? 

 सरकारलाई सुझाव दिने काम गरि नै राखेका छौँ । हामीले यसरी अनावश्यक विज्ञापनका रूपमा दिनुहुन्न भन्ने कुराको व्यापक नै विरोधमा छौँ । अब ‘भिबा’ खाए पनि ३ इन्च उचाइ बढ्छ रे । यस्ता खालका विज्ञापनले गलत कुरा सिकाइरहेको छ । यस्तो नकारात्मक र भ्रम सिर्जना गर्ने काम गर्नुहुँदैन भनेर हामीले पटक पटक भन्दै आइरहेका छौँ । यो कुरामा सरकारले नियन्त्रण गर्न नसकेकोे पक्कै हो । रोग लागेपछि यति पैसा दिन्छु भन्दा पनि रोग लाग्न नदिन सरकार लाग्नुपर्छ ।

प्याकेट तथा रेडिमेड खानेकुराले महिला, पुरुष तथा बालबालिकामा कस्ता समस्या निम्त्याउँछ ?

यस्ता खालका खानेकुरामा सबैभन्दा धेरै क्यालोरी र फ्याट हुन्छ । क्यालोरी पनि हामीलाई शक्तिकै मात्रामा चिनी दिन्छ । तर बजारका खाना नरम खालका रेसा नभएका र धेरैजसो मैदाको हुन्छ । यस्ता खानाले गुणस्तरीय क्यालोरी सप्लाइ गर्दैन । यो दुवैको काम चाहिँ शरीरलाई फ्याट र चिनी दिने हो । अब शरीरले प्रयोग गर्न सक्ने गर्छ नभए थुप्रिएर बस्छ अनि मोटो हुने हुन्छ । अहिले मोटोपन २१ प्रतिशत पुगिसक्यो यो एकदमै खतरनाक कुरा हो । मोटोपन बढ्छ तर शरीर मजबुत हुने, रोगसँग लड्न सक्ने क्षमता एकदमै कमजोर हुँदै जान्छ । प्रोटिन हामीले धेरै नखाँदा मसलहरू राम्रोसँग बढ्न सक्दैन गुणस्तरीय हुँदैन । प्रोटिनसँग जोडिएको अरू धेरै काम पनि हुन्छ । जस्तै; आँखा कमजोर हुने, रगतकम मात्रामा बन्ने एनिमिया हुने, कलेजो कमजोर हुने, मिर्गाैलामा समस्या हुन सक्छ ।

स्वस्थ जीवन जिउन कस्तो खानपानमा ध्यान दिनुपर्छ ?

प्रशोधित खानेकुरा नखाने । चामल अनिवार्य रूपमा खानुप¥यो तर धेरै सेतो नभएको चामल खानु भएन । चामलको सट्टा च्याख्ला, गँहुको परिकार खान सकिन्छ । दाल, गेडागुडी प्रशस्त मात्रामा खाने । मौसम अनुसारको तरकारी, फलफूल खाने । तारेको र बासी खानेकुरा कम खाने, पानी प्रशस्त मात्रामा पिउने साथै हिँडडुल गर्ने हो भने स्वास्थ जीवन जिउनुमा धेरै सघाउ पु¥याउँछ ।

मैले कति केमिकल खाइरहेको छु । मेरो खानामा केमिकल छ कि छैन ? विभिन्न रङका खानेकुरा खाएको छ कि छैन । जस्तै; कालो दाल, हरियो, पहेँलो तरकारी सकिन्छ भने आफ्नो क्षमता अनुसार दही, दूध पनि खानुप¥यो । जे खानुहुन्छ, त्यो शुद्ध खाने कोसिस गर्नुपर्छ ।

अहिलेको यो नेपालको बजार हेर्ने हो भने नागरिक आफै सजक हुने बजार हो । मैले के किन्दै छु ? दुःखले कमाएको पैसा केमा खर्च भइरहेका छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...