बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ मा अख्तियारका दुई स्टिङ अपरेशन, २४ घण्टामा प्रहरीका सई र प्रधानाध्यापक पक्राउ

मङ्गलबार, १४ असोज २०७६, १४ : ४५
मङ्गलबार, १४ असोज २०७६

बुटवल । अख्तियार दुरूपयोग अनुसन्धान आयोग आयोग बुटवलले २४ घण्टाको अवधिमा दुई वटा स्टिङ अपरेशन गरेको छ । सोमबार साँझ अख्तियारले १५ हजार घुससहित प्रहरी नायव निरीक्षक (सई) लाई रुपन्देहीबाट  नियन्त्रणमा लियो । 

इलाका प्रहरी कार्यालय मंगलापुर रूपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई)खिमबहादुर जिसी सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए।  

यस्तै मंगलबार पनि कपिलवस्तुमा प्रधानाध्यापक पक्राउ परेका छन् ।  बिहान अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले कपिलवस्तुबाट रु ४० हजार घुस रकमसहित श्री बालज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगीलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ८ स्थित बाल ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रबिन्द्र प्रसाद मौर्य र सोही विद्यालयका कार्यलय सहयोगी राम कुमार लुनिया रहेका छन् ।

विद्यालयको अनुदान कोटामा विज्ञान शिक्षक नियुक्त गर्नका लागि उनीहरुले घुस रकम मागेको सूचनाका आधारमा अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप