बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चिनियाँ उपप्रधानमन्त्री याङ र माअ‍ोवादी अध्यक्ष प्रचण्डबीचको भेटमा के भयो ?

मङ्गलबार, ३१ साउन २०७४, १७ : ४८
मङ्गलबार, ३१ साउन २०७४


काठमाडौं– चीनले नेपालसँग यसअघि भएका विभिन्न सम्झौताको कार्यन्वयनमा चासो देखाएको छ । नेपालमा छोटो समयमा सरकार परिवर्तन हुँदा आफुसँग भएका सम्झौता कार्यन्वयन रोकिने चिनियाँ चिन्ता रहँदै आएको थियो । यहि चिन्ता नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालक प्रमुख दलका प्रमुख नेताहरुसँगको भेटमा व्यक्त गरेका छन् ।  

नेपालको तीन दिने औपचारिक भ्रमणमा नेपाल आएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले राजनीतिक भेटघाटका क्रममा चिनियाँ चासो व्यक्त गरेका हुन् । मंगलबार वाङले पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारसँगको छुट्टाछुट्टै भेटवार्तामा चिनियाँ चासो व्यक्त गरेका हुन् ।


यसैवीच प्रचण्डसँगको भेटमा वाङले नेपाल र चीनबीच यसअघि भएका सहमति/सम्झौताको प्रभावकारी कार्यन्वयनमा चासो राखेका थिए । ‘तपाइको नेतृत्वको सरकारमा चीन र नेपालबीचको सम्बन्धमा राम्रो विकास भएको थियो । हामी विगतमा भएका ति सहमति सम्झौताको प्रभावकारी कार्यन्वयन होस भन्ने चाहान्छौ’, याङको भनाइ उधृत गर्दै भेटमा सहभागि माओवादी केन्द्रका नेता अग्नी सापकोटाले रातोपाटीलाई बताए ।

उनले भेटमा दुई देशबीचको सम्बन्ध, दुई पार्टीबीचको सम्बन्ध, तातोपानी नाका खोल्ने लगायतका महत्वपुर्ण विषयमा कुराकानी भएको बताए । भेटमा प्रचण्डले विगतका सहमति कार्यन्वयनका लागि आफ्नो पार्टी र सरकार प्रतिवद्ध रहेको विश्वास दिलाएका थिए । 

त्यस्तै प्रचण्डले आफु नेतृत्वको सरकारले वान वेल्ट वान रोड सम्झौतामा हस्ताक्षर गरेको र अहिले आफ्नो पार्टीको तर्फबाट पराराष्ट्र मन्त्रि रहेका कृष्णबहादुर महराले त्यसको कार्यान्वयनका लागि पहल गरिरहेको जानकारी गराएका थिए । 

भेटमा प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको भन्दै चीनविद्ध नेपालको भुमि प्रयोग हुन नदिने विश्वाससमेत दिलाएका थिए । तातोपानी नाका सञ्चालन गर्ने विषयमा चिनियाँ उपप्रधानमन्त्री वाङ सकारात्मक देखिएको नेता सापकोटाले बताए । वाङ र प्रचण्डबीच करिव ४५ मिनेट भेटवार्ता भएको थियो । भेटमा नेपाल राजनीतिक स्थिरताको चरणमा अगाडि बढेको र आर्थिक विकासमा आफ्नो पार्टी प्रतिबद्ध भएर लागेको भन्दै अन्य दलको समेत एजेण्डा आर्थिक विकास नै भएकाले लगाउन बढाउन अध्यक्ष प्रचण्डले आग्ह गरेका थिए । 

भेटमा  नेकपा माओवादी केन्द्रका नेताहरुले  नेपालको भौतिक विकास र पूर्वाधार निर्माणमा लगानी बढाउन चिनियाँ पक्षलाई आग्रह गरेको थिए । 
नेपालको विकासका लागि विभिन्न मुलुकको सहयोग भइरहेको सन्दर्भमा चिनियाँ लगानी र प्रविधि मुलुकका लागि अत्यावश्यक रहेकोमा जोड दिँदै माओवादीले ‘वान बेल्ट वान रोड’ रेलमार्ग, सडक यातायातलगायत क्षेत्रमा गरेको लगानी र सहयोग उल्लेखनीय रहेको बताएको थियो । 

चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटवार्तापछि माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आपसी हित र चासोका विविध आयामका बारेमा छलफल भएको जानकारी दिइन । 

आफ्नो निमन्त्रणामा नेपाल भ्रमण गर्नुभएकामा उपप्रधानमन्त्री वाङलाई धन्यवाद दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले अगाडि बढाएका सम्झौता र सहमतिलाई कार्यान्वयन गर्न समेत आग्रह गरेको प्रवक्ता भुसालले बताइन । 

स्थानीय तहको निर्वाचनपछि मुलुक संविधान कार्यान्वयनको दिशामा अगाडि बढेको र निकट भविश्यमा नै संघ र प्रदेशको समेत निर्वाचन गराउने तयारीमा आफूहरु समेत सम्मिलित सरकारले प्रक्रिया अगाडि बढाएको भन्दै भेटका क्रममा अध्यक्ष प्चण्डले चीन सरकारको सहयोग नेपाल र नेपाली जनताका लागि आवश्यक रहेकामा जोड दिएका थिए । 

आफ्नो नेतृत्वको सरकारले अगाडि बढाएका भौतिक विकासका एजेण्डामा चीन सरकारको तर्फबाट महत्वपूर्ण सहयोग प्राप्त भएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष प्चण्डले आगामी दिनमा थप सहयोग र चिनियाँ लगानी भित्र्ने विश्वाससमेत व्यक्त गर्नुभएको प्रवक्ता भुसालले जानकारी दिइन् । 

नेपाल राजनीतिक स्थिरताको चरणमा अगाडि बढेको र आर्थिक विकासमा आफ्नो पार्टी प्रतिबद्ध भएर लागेको र अन्य दलको समेत एजेण्डा आर्थिक विकास नै भएको भन्दै अध्यक्ष प्रचण्डले भेटवार्तामा चिनियाँ सहयोगको प्रशंशा गरेका थिए । 

यस्तै माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबीच जनस्तरसम्म सम्बन्ध विस्तार, भ्रमण आदानप्रदान तथा आपसी हितका विषयमा खुलेर छलफल भएको प्रवक्ता भुसालको भनाइ छ । 

उपप्रधानमन्त्री वाङले नेपाल भ्रमण गर्न पाएकामा आफूलाई खुसी लागेको भन्दै नेपालको आर्थिक विकासमा सहयोग गर्न चीन सरकार सधैँ तत्पर रहेको बताउनुभएको थियो । उहाँले दुई दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्री सम्बन्धलाई आगामी दिनमा थप नयाँ उचाईमा उठाउने विश्वास व्यक्त गर्नुभएको थियो । 

नेपालको विकास र समृद्धिमा माओवादी केन्द्रले खेलेको महत्वपूर्ण भूमिकाको उपप्रधानमन्त्री वाङले प्रशंसा गर्नुभएको थियो । ‘वान बेल्ट वान रोड’ परियोजनामा दाहाल नेतृत्वको सरकारले हस्ताक्षर गरेको थियो । 

भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, मणि थापा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, मातृका यादव, अग्निप्रसाद सापकोटा र 

भेटमा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्ण बहादुर महरा, टोपबहादुर रायमाझि, देव गुरुङ, अग्नी सापकोटा, मात्रृका यादव, पम्फा भुषाल लगयत सहभागि थिए ।

चिनियाँ उपप्रधानमन्त्री वाङ र नेपालका अधिकारीहरुवीच मंगलबार अरनिको राजमार्गलाई स्तरोन्नति गरेर तातोपानी नाका खुलाउन चीन सरकारले करिव १५ अरव आर्थिक सहायता उपलब्ध गराउने समझदार पत्रमा हस्ताक्षर गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप