एनआरएनएको सचिव पदमा सामाजिक अभियान्ता शुषमा राईको उम्मेदवारी
गैैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा सामाजिक अभियन्ता सुष्मा राईले उम्मेदवारी दिने भएकी छिन् ।
एनआरएनए आईसिसी सदस्य रहिसकेकी सुष्मा राई चुनावी मैदानमा उत्रिँदै खुला सचिवमा पदमा उम्मेदवारी दिन लागेकी हुन् । तीन कार्यकाल (सन् २०१३ देखि हालसम्म) आईसिसी सदस्यमा रहेर कार्यसम्पादन गरिसकेकी राई एनआरएनए वृत्त विश्वभर परिचित छिन् ।
एनआरएनएका अन्तर्राष्ट्रिय नेताहरुसँग अध्यक्षका प्रत्यासी कुमार पन्त, कुल आचार्य, उपाध्यक्षका प्रत्यासी डा. बद्री केसी, धर्मराज अधिकारीलगायत उनका समकालिन हुन् । उनले यसअघि एनआरएनए युकेकी सचिव (सन् २०११/१३) भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरिसकेकी छिन् । आँटिली र हक्की स्वभावकी राईले यसैसाता घोषणा पत्र सार्वजनिक गर्न लागेकी छिन् ।
राजनीति पृष्ठभूमिमा हुर्केकी राई सात सालको क्रान्तिका योद्धा स्वर्गीय रामप्रसाद राईकी नातिनी हुन् । अध्यक्षका प्रत्यासीहरुसित राम्रो सम्बन्ध भएपनि अहिले उनी कुनै प्यानलमा लागेकी छैनन् ।
एनआरएनए मार्फत समाजसेवामा उत्रिएकी राईले सिंगो प्रवासी नेपालीलाई मातृभूमिको विकासमा लगाउने योजना रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला