मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दुबईमा माइक्रो बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

सोमबार, १३ असोज २०७६, २१ : ५७
सोमबार, १३ असोज २०७६

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परेर ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ । 

सोमबार बिहान माइक्रो बस लरी ट्रकसँग ठोकिदा दुर्घटना भएको हो ।  बसमा सवार अन्य ६ जना घाइते भएका छन्। घाइतेहरु नेपाली नागरिक नरहेको बुझिएको छ । माइक्रो बसमा १३ जना सवार थिए।

मृत्यु हुने नेपाली कामदारको नाम खुलेको भए पनि ठेगाना खुलिनसकेको नेपाली दूतावासले जनाएको छ । 

मृत्यु हुनेमा दीपक बिक, नयराम साउद, नारायणप्रसाद पोखरेल, कृष्णबहादुर पुन, दानबहादुर सत्याल र रमेश चौधरी रहेका छन्। ती नेपाली सबै सुरक्षागार्ड हुन् । उनीहरु फस्ट सेक्युरेटी कम्पनीमा काम गर्थे। मृतकको शवलाई रसिद अस्पतालबाट शव गृहमा सारिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप