प्रदेश पाँच मन्त्रिपरिषद बैठक: यस्ता भए निर्णयहरु
बुटवल– पाँच नम्बर प्रदेश मन्त्रिपरिषद बैठकले आज विभिन्न निर्णय गरेको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पूर्वाधार विकास कार्यालयको नाम संशोधन गरी सडक पूर्वाधार विकास कार्यालय राख्ने निर्णय गरिएको छ ।
त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पाल्पा, अर्घाखाँची, रुकुम पूर्व र बर्दियामा सडक पूर्वाधार विकासका अस्थायी कार्यालय सञ्चालन गर्ने र नवलपरासी पश्चिम जिल्लालाई रुपन्देहीले हेर्ने गरी व्यवस्था मिलाइएको प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिए ।
ती कार्यालयहरुमा कर्मचारी व्यवस्थापन भने मन्त्रालय मातहतका कार्यालयहरुबाटै व्यवस्था मिलाइएको मन्त्री गिरीले जानकारी दिए । त्यस्तै बैठकले प्रदेश योजना आयोगको सचिवालयका लागि अस्थायी संगठन संरचना तथा दरबन्दी समेत स्वीकृत गरेको छ । आयोगको सचिवालयका लागि ९ औं र १० औं तहका कर्मचारीसहित १० जना कर्मचारीको दरबन्दी स्विकृत गरिएको हो ।
त्यसैगरी बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका डिभिजन वन कार्यालयहरुका लागि ५ जना इन्जिनियर र २ जना सबइन्जिनियर गरी ७ जना कर्मचारीको अस्थायी दरबन्दी कायम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी