मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंककोे नयाँ शाखा काठमाडौंको अनामनगर र चितवनको सौराहामा

सोमबार, १३ असोज २०७६, १८ : ३३
सोमबार, १३ असोज २०७६

काठमाडौं– एन आई सी एशिया बैंकको दुई नयाँ शाखाहरु काठमाडौंको अनामनगर र चितवनको सौराहामा आश्विन १३ गतेदेखि सञ्चालनमा आएको छ । 

काठमाडौं महानगरपालिका वडा नं. २९ अनामनगरस्थित अनामनगर शाखाकोे उद्घाटन लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले गरे । आजै चितवनको रत्ननगर नगरपालिका वडा नं. ६ स्थित सौराहा शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरे ।

यी शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप