शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुजुकीको डिजायर सार्वजनिक हुँदै

मङ्गलबार, ३१ साउन २०७४, १७ : ०१
मङ्गलबार, ३१ साउन २०७४

काठमाडौं– सुजुकी कारको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले डिजायर मोडलको फेसलिफ्ट भर्जन गाडी सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ डिजायरमा पहिले सुजुकीको बलेनोमा प्रयोग गरिएको हियरटेक च्यासिस प्लेटफर्मको प्रयोग गरिएको छ । 

नयाँ प्लेटफर्मले कारको वजनमा कमी ल्याउनुका साथै यसमा सवार यात्रीलाई थप सुरक्षा प्रदान गर्ने कम्पनीको दावी छ । नयाँ कारमा प्रयोग गरिएको बाह्य तथा भित्री डिजाइन पछिल्लो संस्करणका तुलनामा थप स्टाइलिश रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले पछिल्लो संस्करणको तुलनामा नयाँ कार अधिक स्पेसियस हुनुका साथै बुटस्पेस पनि धेरै हुने बताएको छ । नयाँ कारमा किलेस एण्ट्रि, डीआरएल, रियर भेण्ट सहितको अटोएसी, डायमण्ड कट अलोइज् तथा स्टेट अफ आर्ट इन्फोटेनमेण्ट प्रणाली लगायत अत्याधुनिक सुविधा तथा प्रविधि समेत जडान गरिएको छ । 

यसमा प्रयोग गरिएको ईन्फोटेनमेण्ट प्रणालीमा दिइएको एण्ड्रोइड अटो सुविधा भारतिय निर्मित कारमै पहिलो भएको कम्पनीको दावी छ । साथै, यसमा ठूलो टच स्क्रिनको माध्यमबाट एप्पल कार प्ले सुविधा पनि उपलब्ध रहेको छ ।

कारमा यात्रुको सुविधार्थ डुअल एयर ब्याग्स तथा कारका सबै भ्यारियण्टमा झैँ स्ट्याण्डर्ड सेफ्टी फिचरका रुपमा एबीएस पनि उपलब्ध गरिएको जनाइएको छ । २२ किलोमिटर प्रतिलिटर माइलेज दिने क्षमता सहितको यो ईञ्जिन पावर र माइलेजकालागि विशेष परिचित छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप