शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनताको मन जितेर नै संविधान परिमार्जन गर्न सकिन्छ: पूर्वसभामुख नेम्वाङ

सोमबार, १३ असोज २०७६, १४ : ४२
सोमबार, १३ असोज २०७६

काठमाडौं– पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन् । उनले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताए । आज यहाँ तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन जितेर कुनै पनि बेला संशोधन गर्न सकिने बताए । वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उनको भनाइ थियो । ठूलो प्रयास र लामो सङ्घर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेम्वाङले बताए ।

जिल्लामा विद्युत् र यातायातको सुविधा पु¥याउन आफू प्रयत्नशील रहेको उनले बताए । विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन’, उनले भने, ‘अहिले कति विकास भएको छ आफैं देख्न सकिन्छ ।’ जिल्लका सबै घरमा विद्युत् पु¥याउन आफू प्रयत्नरत रहेको उनको भनाइ थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप