शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीको सैनामैनामा सुविधा सम्पन ब्याडमिन्टन कबर्डहल निर्माण

सोमबार, १३ असोज २०७६, १३ : ५४
सोमबार, १३ असोज २०७६

बुटवल–रुपन्देहीको सैनामैना नगरपालिकामा करिब १ करोड लागतमा ब्याडमिन्टन कबर्डहलको निर्माण गरिएको छ  ।

 सैनामैना नगरपालिकाको ७६ लाख ६० हजार, जिल्ला समन्वयनको १० लाख, खेलकुद बिकास समितको १० लाख र सैनामैना ब्याड मिन्टन क्लबको  ५ लाख गरी १ करोड  १ लाख ६० हजार बजेटमा कबर्डहलको निर्माण गरिएको हो । सैनामैना –३ पुष्पनगरमा कर्डहलको निर्माण गरिएको हो । २०७२ सालदेखि पर्राेहा ब्याडमिन्टन क्लबले बकर्डहल निर्माणको लागि पहल गरेर काम सुरु भएकोमा अहिले काम सम्पन्न भएको सैनामैना ब्याडमिन्टन क्लबका अध्यक्ष नन्दु बहादुर क्षेत्रीले बताए ।

कबर्डहल निर्माणले ब्याडमिन्टन खेलाडीलाई थप हौसला प्रदान गरेको क्षेत्रीले बताए। कबर्डहल डोम्टा ईन्टरनेशन डिजाईनमा निर्माण गरिएको नगरपालिकाका प्राविधिक चिरञ्जिवी पाण्डेयले बताए । १२  खेलाडी खेल्न मिल्ने कबर्ड हलमा ८ सय मानिस अट्न सक्ने क्षमता रहेको छ ।

प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले कबर्डहलको उद्घाटन गर्दै प्रदेशका सबै स्थानीय तहमा प्रदेश सरकारले खेलकुद क्षेत्रको संरचना निर्माणको लागि सर्सत अनुदानमा बजेट पठाएको बताए ।

प्रदेश सरकारकै बजेटमा दाङको घोरोही र बुटवलको नयाँ गाउँमा पनि अन्त्र्राष्ट्रियस्तरको रङ्गशाला बन्दै गरेको  मन्त्री बरालले बताए ।

प्रदेश ५ की सांसद कमलादेवि विश्वकर्माले स्वास्थ्यको लागि सबैले  खेलकुदमा जोड दिनु पर्ने बताइन् । 

सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले नगरमा खेलकुद क्षेत्रको विकासको लागि तिव्र गतिमा भौंतिक संरचना निर्माणमा जोड दिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप