मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘च च हुई’को ‘जवानी’ आइटमा एलिसा

सोमबार, १३ असोज २०७६, १० : ४८
सोमबार, १३ असोज २०७६

काठमाडौं – फिल्म ‘च च हुई’ले जवानी बोलको आइटम गीत सार्वजनिक गरेको छ । दशैंको अवसर पारेर फिल्मको गीत सार्वजनिक गरिएको हो ।

गीतमा एलिशा शर्माले आइटम नृत्य गरेकी छन् । गीतमा एलिशाको जवानी देखेर अभिनेता आर्यन सिक्देल लोभिएका छन् । 

साम्तेन भुटिया निर्देशित गीत बालाजुस्थित एनएफडिसी ल्याबमा सेट बनाएर छायााकन गरिएको हो । शिशिर खातीको कोरियोग्राफी, निर्देशक साम्तेन भुटिया र विनय सापकोटाको शब्द रहेको गीतमा रोशन थापाले संगीत दिएका हुन् । 

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यही फिल्म मार्फत् निर्माणमा हात बढाएका हुन् । 

फिल्ममा आर्यनका अलावा मिरुना मगर, भोलाराज सापकोटा, पुस्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय छ । 

मंसिर ६ गते प्रदर्शन हुने फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ श्री श्रेष्ठको द्वन्द्व र सुशन प्रजापतिको छायांकन छ । निर्देशक साम्तेनले ‘च च हुई’ आफूले बनाएको मध्य कमएसिलय फिल्म भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप