शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

आइतबार, १२ असोज २०७६, २२ : ३१
आइतबार, १२ असोज २०७६

बाँके- बाँकेको खजुरा गाउँपालिका–३ मा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी खजुरा गाउँपालिका–४ निवासी २४ वर्षीय कमल थापाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार प्रदेश–३–२–००–११८५ नं को मोटरसाइकल सडकको छेउमा रहेको विद्युत्को पोलमा ठोक्किँएर दुर्घटना भएको थियो । थापा उक्त मोटरसाइकलमा सवार रहेका थिए । घाइते मोटरसाइकल चालक खजुरा गाउँपालिका–४का २३ वर्षीय आशिष थापाको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप