शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद रिजालमाथि आक्रमणको प्रयास भएपछि काँग्रेस संसदीय दलले निकाल्यो यस्तो विज्ञप्ति

आइतबार, १२ असोज २०७६, २१ : ०८
आइतबार, १२ असोज २०७६

काठमाडौं – प्रतिनिधिसभा सांसद डा. मिनेन्द्र रिजालमाथि आक्रमणको प्रयास भएकोप्रति नेपाली काँग्रेस संसदीय दलले गम्भीर ध्यानकर्षण भएको बताएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी प्रहरी एवं स्थानीय प्रशासनलाई पूर्व जानकारी हुँदाहुँदै पनि रा प्रतिनिधि सभाका सदस्यलाई सुरक्षा दिन नसक्नु सरकार एवं स्थानीय प्रशासनको गम्भीर कमजोरी बताए ।

आइतबार दिउसो तनहुँ जिल्लाका रिसिङ गाउँपालिकाको भवन शिलन्यासका लागि जाने क्रममा प्रतिनिधिसभा सदस्य रिजालमाथि आक्रमण प्रयास भएको थियो । उनीमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले अपराधिशैलीमा बाटोमा अवरोध सृजना गर्नुका साथै विभिन्न स्थानमा ढुंङ्गामुढा गर्ने प्रयास समेत भएको खाँणको आरोप छ । 

‘प्रहरी एवं स्थानीय प्रशासनलाई पूर्व जानकारी हुँदाहुँदै पनि राष्ट्रको उच्च पदमा रहनु भएका प्रतिनिधि सभाका सदस्यलाई सुरक्षा दिन नसक्नु सरकार एवं स्थानीय प्रशासनको गम्भीर कमजोरी हो । यस घटनाले सरकार, प्रहरी तथा स्थानीय प्रशासनको गैरजिम्मेवारीपन छर्लङ्ग भएको छ । सत्ताको आडमा नेपालको संविधानलाई ठाडो चुनौती दिदै भएको यस घृणित एवं अपराधिक कार्यप्रति नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । 

नेकपाका कार्यकर्ताहरुले एकपछि अर्को अपराधिक घटनाहरु घटाइरहेको भन्दै  यस प्रकृतिका घटनाहरु तत्काल रोक्नका सरकारलाई सचेत गराउँदै घटनामा संलग्न दोषीहरुलाई कानूनी कारवाही गर्न प्रमुख सचेत खाँणको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप