बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उत्तर कोरियाविरुद्ध चीनले लियो यस्तो ठूलो कदम

मङ्गलबार, ३१ साउन २०७४, १६ : २४
मङ्गलबार, ३१ साउन २०७४

बीबीसी

चीनले उत्तर कोरियाबाट अयात हुने कोइला, कच्चा फलाम र समुन्द्री खानेकुरामाथि मंगलबारदेखि प्रतिबन्ध लगाएको छ ।

चीनको यो कदम संयुक्त राष्ट्रको उक्त आदेशपश्चात् लिइएको हो जसमा पछिल्लो महिना उत्तर कोरियाका दुई परमाणु परिक्षणपछि प्रतिबन्ध लगाइएको थियो ।

उत्तर कोरियाको ९० प्रतिशत अन्तर्राष्ट्रिय व्यापार चीनसँग छ । अमेरिकाको तर्फबाट उत्तर कोरियामाथि लगाइएको आरोपपछि चीनले पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

आर्थिक असरः

यसै महिना संयुक्त राष्ट्रले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको थियो जसका कारण उक्त देशले एक बिलियन डलर अर्थात् १ खर्ब रुपैयाँको नोक्सानी एक वर्षमा व्यवहोर्ने अनुमान गरिएको छ ।

अमेरिकी प्रतिनिधी मण्डलको तर्फबाट सुरक्षा परिषदलाई सुम्पिएको आँकडामा यो कुराको दाबी गरिएको छ । यद्यपी, पछिल्लो वर्ष उत्तर कोरियाबाट चीनमा कूल १.२ बिलियन डलरको कोइला आयात गरिएको थियो ।

विशेषज्ञका अनुसार यस वर्ष यो आँकडा थप कम हुनेछ किनभने चीनले फ्रेब्रुअरीमा नै प्रतिबन्ध लगाएको थियो ।

आरेगनस्थित नाउटिलस इन्स्टिच्यूटका डेविड वन हिप्पलले भने, ‘चीनले पहिले नै सन् २०१७ का लागि आफ्ना लागि कोइला आयात गरिसकेको छ । त्यसकारण त्यसमा धेरै असर पर्दैन । उत्तर कोरिया बाँकी जुन देशलाई निर्यात गर्दछ, त्यो कम छ ।’

विशेषज्ञका अनुसार प्रतिबन्धको असर काँचो फलाम र समुन्द्री खानामा धेरै पर्नसक्छ ।

यद्यपी, यी दुबै वस्तु उत्तर कोरियाबाट निर्यात हुने वस्तुमा सबैभन्दा कम राजस्व दिनेमा पर्छ। यसै वर्ष यी दुबै उद्योगमा निर्यात बढेको थियो ।

यस वर्षको सुरुवाती पाँच महिनामा काँचो फलामको निर्यात बढेर ७४.४ मिलियन डलर भएको थियो । यो आँकडा सन् २०१६ को पूरा राजस्व बराबर हो ।

माछा र समुन्द्री खानाको कूल आयात जूनमा ४६.७ मिलियन डलर थियो जबकी मे महिनामा आँकडा १३.६ मिलियन डलर थियो ।

यो प्रतिबन्ध उत्तर कोरियामा विकसित भइरहेको कपडा उद्योगमा लागु हुने छैन ।

व्यापार र सुरक्षाः

यो प्रतिबन्ध अमेरिका र उत्तर कोरियामा बढिरहेको तनावका साथै अमेरिका र चीनबिच व्यापारिक मामलामा बढिरहेको चिन्ताका बिच लगाइएको हो ।

अमेरिका र उत्तर कोरियाबिच थुप्रै हप्ताको चर्को बहसबिच मंगलबार उत्तर कोरियाका नेता किम जोंग ऊनले अमेरिकी सीमाको गुआम क्षेत्रमा हमलालाई अहिलेका लागि थाती राखेका छन् ।

सोमबार अमेरिकी राष्ट्रपतिले नक्कली सामान बेच्ने र कपीराइट मामलाको विषयमा चीनविरुद्ध अनुसन्धानको आदेश दिएका थिए । चीनियाँ मिडियालाई मान्ने हो भने यस्तो गरेर ट्रम्पले चीनमाथि उत्तर कोरियाविरुद्ध थप कडा कदम अपनाउन दबाब दिइरहेको छ ।

आधिकारिक रुपमा अमेरिकाले यी दुई मामलालाई एकसाथ जोड्न अस्विकार गरेको छ । यद्यपी, राष्ट्रपति ट्रम्पले आफ्नो एक बयानमा उत्तर कोरियाको मामलामा मद्दत गरेको बदलामा आफ्नो चीनप्रतिको दृष्टिकोण थोरै नरम हुने पहिले नै बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप