शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काङ्ग्रेस एकढिक्का भए कसैले हराउन सक्दैन : महामन्त्री कोइराला

आइतबार, १२ असोज २०७६, १८ : २२
आइतबार, १२ असोज २०७६

काठमाडौं – नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले काङ्ग्रेस एकढिक्का भए आगामी निर्वाचनमा कसैले हराउन नसक्ने बताएका छन् ।

नेपाली काङ्ग्रेस नुवाकोटको विदुर, बेलकोटगढी, ककनी–काठमाडौँ सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’मा नले काङ्ग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए । 

“काङ्ग्रेस गुटरहित र एकढिक्का भए अर्को निर्वाचनमा कसैले हराउन सक्दैन”, उनले भने । महामन्त्री कोइरालाले वर्तमान सरकारले मुलुकलाई सङ्कटमा पार्न खोजेको आरोप लगाए ।

काङ्ग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारले नागरिक स्वतन्त्रतालाई हनन गर्न खोजेको बताए । “ज्ञानेन्द्र शाही नागरिक हुन्, उनको जुनसुकै ठाउँमा हिँड्ने र बोल्ने अधिकार सरकारले कुण्ठित गरेको छ”, उनले भने । वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको उनको आरोप थियो ।

काङ्ग्रेस केन्द्रीय सदस्य डा रामशरण महतले वर्तमान सरकारले संविधानको भावना र मर्मअनुसार काम गर्न नसकेको बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सरकारले पूरा गर्न नसकेको उनको भनाइ थियो ।

काङ्ग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले दुई चरणको जागरण अभियानले पार्टी कार्यकर्तामा ऊर्जा थपिए पनि गुटउपगुट अन्त्य भएमात्र पार्टी बलियो हुने बताएयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप