बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा दसैं बजार : नयाँ नोटदेखि दैनिक उपभोग्य वस्तुसम्म

आइतबार, १२ असोज २०७६, १६ : ५७
आइतबार, १२ असोज २०७६

बुटवल–बुटवलमा ‘सस्तो दशैं बजार’ शुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा १९ औं संस्करणको दशैं सस्तो बजार सुरु भएको हो । बुटवल उद्योग बाणिज्य संघ सचिवालय परिसर बालमन्दिरमा सञ्चालन गरिएको दशैं सस्तो बजारको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले आइतबार उद्घाटन गरेका छन् ।

दशैं सस्तो बजार उद्घाटन कार्यक्रममा बोल्दै मेयर सुवेदीले चाडपर्वहरुलाई लक्षित गरेर दशैंको समयमा बुटवल उद्योग बाणिज्य संघले ‘दशैं बजार’ सञ्चालन गरेर राम्रो काम गरेको भन्दै बजारमा बिक्री गरिने बस्तुको गुणस्तरमा पनि ख्याल गर्न आग्रह गरेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधि तिवारीले उपभोक्तालाई ध्यानमा राखेर बुटवल उद्योग बाणिज्य संघले निरन्तर दशैं सस्तो बजार सञ्चालन गरेको बताए । उनले सस्तो मात्र भन्दा पनि गुणस्तरीय सामानको उपभोगमा पनि ध्यान दिन सुझाव दिए । संघका अध्यक्ष खिमबहादुर हमालले सरकारले गर्नुपर्ने काम नीजि क्षेत्र बुटवल उद्योग बाणिज्य संघले गर्दै आएको भएपनि सरकारी संयन्त्रबाट पूर्ण सहयोग प्राप्त हुन नसकेको गुनासो गरे ।

घटस्थापनादेखि असोजको १७ गतेसम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा खाद्यान्न, दैनिक उपभोग्य बस्तु, टर्की, लोकल कुखुरा, अण्डा, छपियाको माछा, चिया, डिडिसीको दुग्धजन्य उत्पादन, साल्ट ट्रेडिङ्को नुन, चिनी  लगायतका ३० वटा स्टल राखिएको दशैं बजारका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य नरिश्वर शर्मा पौडेलले जानकारी दिए ।

त्यस्तै नेपाल राष्ट्र बैंकको सहयोगमा प्रतिव्यक्ति ५ हजार ५ सय रुपैंयाँका दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ । हुनेखानेका लागि मात्रै नभएर हँदा खानेहरुका लागि पनि दशैं सहज बनाउनका लागि पनि बुटवल उद्योग बाणिज्य संघले दशैं सस्तो बजार सञ्चालन गर्दै आएको बताउँदै संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले स्टल संख्या बढाउने भन्दा पनि सुलभ र गुणस्तरमा ध्यान दिइएको बताए ।

उनका अनुसार दशैं सस्तो बजरमा बस्तुका आधारमा ३० प्रतिशतसम्म छुटका व्यबस्था मिलाइएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप