शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा पाँच जनालाई छुरा हान्ने व्यक्ति प्रहरीद्वारा मारिए

आइतबार, १२ असोज २०७६, १४ : ५९
आइतबार, १२ असोज २०७६

वासिङ्टन- अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् । जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको प्रहरीले जनाएको छ । 

ककिसभिलस्थित हन्ट भ्याली टाउन सेन्टरमा सो घटना भएको अधिकारीहरुले जनाएका छन् ।    बाल्टीमोर प्रहरीले जारी गरेको वक्तव्यमा छुरा प्रहार गर्नेको साथबाट छुरा बरामद गरिएको उल्लेख छ । 

छुरा प्रहार गर्ने र मृत्यु हुने व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर हरेको अधिकारीहरुले जनाएका छन् । छुरा प्रहार गर्नेले किन छुरा प्रहार गरेको हो भन्ने अहिलेसम्म खुल्न नसकेको स्थानीय प्रहरीले जनाएको छ । 

छुरा प्रहारबाट घाइते भएका सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । –सिन्ह्वा /Photo: Google Earth

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप