बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आपसी झगडा हुँदा एकजनाको मृत्यु

आइतबार, १२ असोज २०७६, १३ : ४०
आइतबार, १२ असोज २०७६

गुल्मी– कालीगण्डकी गाउँपालिका–६ तल्लो केरुङका ६४ वर्षीय दुर्गादत्त ढकाल र छिमेकी ४५ वर्षीय टोपबहादुर सार्कीबीच  झगडा हुँदा शनिबार साँझ दुर्गादत्तको मृत्यु भएको छ ।

 जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीन घलेका अनुसार झगडा हुँदा दुर्गादत्त घाइते भएकाले उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

टोपबहादुरलाई राति १ बजे रुरु गाउँपालिकाको रिडीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ढकाल र सार्कीबीच यसभन्दा पहिले पनि आपसी मनमुटाव हुँदै आएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप