बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीमा एक व्यक्तिको कुटीकुटी हत्या, अभियोगी पक्राउ

आइतबार, १२ असोज २०७६, १० : २७
आइतबार, १२ असोज २०७६

बुटवल । गुल्मीमा एक जना बृद्धले एक व्यक्तिको कुटेर हत्या गरेका छन् । 

जिल्लाको  कालगण्डकी गाउँपालिका वडा नम्वर–६ का ६४ वर्षीय दुर्गादत्त ढकालको स्थानिय  ४४ बर्षीय टोपबहादुर सार्कीले शनिबार साँझ कुटेर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी प्रवक्ता मिनबहादुर घलेले हत्या अभियोगी सार्कीलाई गत राती १ बजेको समयमा पक्राउ गरी हिरासतमा लिएको जानकारी दिए ।  प्रहरीका अनुसार व्यक्तिगत रिसइवीका कारण हत्या भएको हो ।

कुटपिटपछि घाइते भएका ढकाललाई उपचारका लागि स्थानिय स्वास्थ्यचौकीमा लैजाने क्रममा  मृत्यु भएको  डिएसपी घलेले बताए ।

अहिले विहान प्रहरीको टोली घटना स्थलमा आई पुगेको र मुचुल्का तयार पारेको स्थानिय अजुन ढकालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप