शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुरु भयो दसैँः घटस्थापनाको लागि बालुवा झिक्न बागमतीमा घुइँचो

आइतबार, १२ असोज २०७६, ०९ : ५१
आइतबार, १२ असोज २०७६

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ ।

बडा दसैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ  रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।

जमरा राख्नको लागि आज बिहानै काठमाडौँका सर्वसाधारण पशुपतिस्थित गुह्वेश्वरी मन्दिरको प्रांगणमा रहेको बागमती नदीको किनारमा बालुवा लिन पुगेका छन् ।

सो बालुवा लगेर विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गर्ने गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान बिहान १० बजेर ३५ मिनेटमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप