शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढीले बगायो राजपाको संशोधन प्रस्ताव !

मङ्गलबार, ३१ साउन २०७४, १५ : ४२
मङ्गलबार, ३१ साउन २०७४

काठमाडौ–देशमा बाढी पहिरोको विपद् आइपरेपछि राजनीतिक रुपमा राष्ट्रिय जनता पार्टी नेपाललाई घाटा लागेको  छ । 

साउन २७ गते सत्तारुढ दल र राजपा नेपालबीच संशोधन विधेयकलाई निर्णायार्थ पेस गर्ने र पास फेल जे भएपनि  राजपा नेपाल चुनावमा सहभागि हुने समझदारी भएको  थियो ।

समझदारीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार संसदमा विधेयक प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका थिए । तर, बाढीपहिरोका कारण देखाउँदै आज (मंगलबार) सशोधन विधेयक निर्णायार्थ पेश भएननै राजपाले नै पनि सो विषयमा संसदमा कुनै प्रतिक्रिया जनाएन । 

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले हिजै नै राजपा नेपालका नेताहरुलाई बाढी पहिरोको कारण सांसदहरु कोही उद्धारमा खटिएका र  कोही देशबाहिर भएको भन्दै  संशोधन विधेयक  मंगलबार निर्णायार्थ पेश नगर्ने बताएका थिए । बरु सरकारले अहिले राहत तथा उद्दारको कार्यलाई प्रभावकारी बनाउँदै लगेको बताएको छ । आजै गृहमन्त्री  जनार्दन शर्माले राहत तथा उद्दारको काम प्रभावकारी बनाउँदै लगिएको संसदलाई बताएका थिए । 

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बाढी पहिरोको कारण देखाउँदै सरकारले संशोधन विधेयक  अगाडि नबढाएको भनि गुनासो गरे । 
उनले भने, ‘बाढीपहिरो  एउटा ठूलो समस्या त छ नै  । सरकारले संसदका अरु कामहरु गर्न मिल्ने यो विधेयक टेबल गर्न चाहिँ किन नमिल्ने ?’
उनले बाढी पीडितलाई देखाएर संशोधन टेबल नगर्ने सरकारको बहाना मात्रै भएको जिकिर गरे । 
‘सरकारको यो एउटा बहानामात्रै हो, विधेयक टेबल नगर्ने  सरकारले बाढी पिडितको राहत तथा उद्धारमा तादुरुकता देखाउनुपर्ने हो तर न बाढी पीडितले राहत पाएका छन् न यता सहमति अनुसार विधेयक टेबल भएको छ’, उनले भने । 

उनले अब सरकारबाट  आउने  जवाफका आधारमा  राजपा नेपालले उपयुक्त निर्णय लिने उनले बताए ।


असोज २ गते हुने भनिएको तेस्रो चरणको स्थानीय तहको चुनावको प्रकृया शुरु भइसकेको छ । भदौ १ गतेदेखि आचारसहिंता पनि लागू हुँदैछ भने त्यसको भोलीपल्ट अर्थात दुई गतेदेखि संसद स्थगित हुने कार्यक्रम रहेको छ  । तर बाढीको कारण देखाउँदै संशोधन टेबल हुन नसकेपछि राजपामा अन्योल सुरु भएको बताइएको छ । 

यस अवस्थामा चुनावअघि संशोधन विधेयक पेस गरेर त्यसमा टुंगो लाग्ने सम्भावना कमजोर बन्दै गएको विश्लेषण हुन थालेको छ ।  
तर, कानुन मन्त्री यज्ञबहादुर थापाले सहमतिअनुसार संशोधनलाई टुंगोमा पुर्याइने दाबी गरे । 
उनले भने,–सहमति अनुसार नै संशोधन विधेयक अगाडि बढ्छ तर दुई तीन अझै प्रस्तुत हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप