बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

किन्न जाने होइन दसैँको लुगा ?

शुरु भयो दसैँको चहलपहल, जताततै छुट र अफर
शनिबार, ११ असोज २०७६, १६ : ३९
शनिबार, ११ असोज २०७६

काठमाडौँ । हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाड दसैँ नजिकिएसँगै राजधानीको मुख्य व्यापारिक केन्द्र नयाँ सडक क्षेत्रमा किनमेल गर्ने ग्राहकहरुको चहलपहल पनि शुरु भएको छ ।

घटस्थापना सुरु हुनुभन्दा अघिको बिदाको दिन भएर होला शनिबार नयाँ सडक र असन क्षेत्रमा दसैँका लागि किनमेल गर्नेहरुको बाक्लो भीड देख्न सकिन्थ्यो ।

दसैँका लागि आफ्ना र बालबच्चाहरुका लागि नयाँ लुगा किन्नका लागि मलहरुमा पनि उत्तिकै चहलपहल थियो ।

यता, पसलहरुमा पनि ग्राहकलाई अकर्षित गर्न किनमेलमा छुट तथा विभिन्न अफरहरु राखिएका छन् ।

हेरौँ केही तस्विहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप