शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खुल्ला सिमानाका कारण सुरक्षा चुनौतिः मुख्यमन्त्री राउत

शनिबार, ११ असोज २०७६, १३ : १३
शनिबार, ११ असोज २०७६

जनकपुर–मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुल्ला सिमानाका कारण शान्ति सुरक्षा कायम गर्न चुनौति रहेको बताएका छन् । 

 संघीयता कार्यान्वयनसँगै संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा सुरक्षासंयन्त्र परिचालन गरिए अपराधिक घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । 

शुक्रबारदेखि जनकपुरमा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन शनिबार गर्दै मुख्यमन्त्री राउतले प्रदेश नम्बर २ सबै जिल्ला भारतसँग जोडिएर रहेको र  सिमाक्षेत्र खुल्ला हुँदा शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको धारणा राखे । 

शान्ति सुरक्षा नै पहिलो सरकारको  दायित्व रहेको भन्दै सयका लागि आ–आफ्नो ठाउँबाट सबै पक्ष लाग्नुपर्नेमा उनले जोड दिए । 

 गृह मन्त्रालय र प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा शुक्रबारदेखि चलिरहेको प्रदेश स्तरीय सुरक्षा गोष्ठी शनिबार सम्म चल्नेछ  ।

आपराधिक घटनालाई न्यूनीकरण गर्ने उद्देश्यकासाथ दुई दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । 

गोष्ठीमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका पृतनापति नरेशचन्द भट्ट तथा गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजीत राईलगायतको सहभागी छन् ।
गोष्ठीमा प्रदेश २ का ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरिक्षक, सशस्त्र प्रहरी उपरिक्षक, नेपाली सेनाका अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको पनि सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप