शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्वका सबैभन्दा वृद्ध हजामको १०८ वर्षको उमेरमा निधन, ९६ वर्षदेखि काटिरहेका थिए कपाल

शनिबार, ११ असोज २०७६, १२ : १७
शनिबार, ११ असोज २०७६

एजेन्सी । संसारको सबैभन्दा वृद्ध हजाम एन्थोनी म्यानकिनेलीको १०८ वर्षको उमेरमा निधन भएको छ । न्युयोर्क निवासी एन्थोनीको सेप्टेम्बर १९ मा मृत्यु भएको थियो । 

उनी ९६ वर्षसम्म कपाल काट्ने पेसामा सम्लग्न भए । एन्थोनीको परिवार सदस्यका अनुसार उनी जीवनको अन्तिम समयसम्म पनि सक्रिय रहे । 

सन् २०१८ मा एन्थोनीको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा विश्वको सबैभन्दा बृद्ध हजामको रुपमा नाम दर्ता भएको थियो । 

गिनिज वल्र्ड रेकर्डका अनुसार एन्थोनी आफ्नो परिवारसँग ८ वर्षको उमेरमा अमेरिका आप्रवासनमा गएको थिए । परिवारको कमजोर आर्थिक अवस्थाको कारण १२ वर्षको उमेरमा उनी कपाल काट्ने पेसासँग प्रवेश गरे । 
उनले न्युबर्गमा स्कूलको पढाई गरे तर कहिले आफ्नो ग्रेजुएसन पुरा गर्न सकेन । 

समय अनुसार आफूलाई अपडेट गरिरहे 
एन्थोनीका ८२ वर्षे छोरा रोबर्ट म्यानकिनेलीका अनुसार पिता एन्थोनी सम्पूर्ण जिन्दगीभरी स्वस्थ रहेका थिए । तर अन्तिम समयमा भने उनलाई क्यान्सर रोग लाग्यो । यही वर्ष फेब्रुअरीमा उनलाई क्यान्सर लागेको पत्ता लागेको थियो । सोही रोगको कारण उनको मृत्यु भएको हो । 

‘तर अन्तिम समयसम्म पनि उनी पुनः काममा फर्किन चाहन्थे ,’ रोबर्टले भने ।

एन्थोनीले दोस्रो विश्वयुद्धभन्दा अघि अर्थात सन् १९३२ बाट कपाल काट्न सुरु गरेका थिए । त्यो समय कपाल काट्दा २५ सेन्ट्स(पैसा बराबर) लाग्थ्यो तर निधन हुनु केही अघि उनी काम गर्ने फ्यान्टास्टिक कट्समा उनी कपाल काटेको १९ डलर लिन थालेका थिए । 

फ्यान्टास्टीक कट्सकी संचालिका जेन डिनेज्जाका एन्थोनीका बारेबा बोल्दै भनि ,‘उनी जिउदो जाग्दो इतिहास थिए । एक जना टिभी च्यानलका मानिस यहाँ आएर उनको कुसीमा अब को काम गर्छ भनेर सोध । त्यो समय त मैले सोचेका थिइन तर के अब यो कुर्सी अरु कसैले न्याय गर्न सक्छ ? सक्दैन ?’

डिनेज्जा आफूले एन्थोनीको कुर्सी उनकै सम्झनामा खालि राख्ने विचार गरेको बताइन् ।

रोबर्टले आफ्नो पितालाई सम्झदै भने ,‘बुवाले आफूलाई जीवनको हरेक परिवर्तनलाई स्वीकार गर्दै आफूलाई यस क्षेत्रमा अपडेट गर्दै लगेका थिए ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप