बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१९ वर्षपछि फरार अभियुक्त मकवानपुरबाट पक्राउ

शनिबार, ११ असोज २०७६, ११ : ४२
शनिबार, ११ असोज २०७६

हेटौंडा । प्रहरीले लागूऔषध गाँजा मुद्धाका फरार अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय गौतम लामा रहेका छन् ।

शुक्रबार मकवानपुर मनहरी गाउँपािलका–३ घर भएका लामालाई मनहरी बजारबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख मुकेश कुमार सिंहले बताए । 

लामालाई गाँजा मुद्दामा जिल्ला अदालत पर्साले २०५७ साल कात्तिक ३० गतेको फैसलामा ११ महिना ३ दिन कैद र ७ हजार ५०० जरिवाना तोकेको थियो । 

लामा त्यसपछि फरार भएका थिए । लामालाई अदालतमा उपस्थित गराई कैद र जरिवाना भुक्तानको लागि भीमफेदी जेल चलान गरिएको सिंहले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप