शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब पैसा हुनेले किन्न सक्नेछन् कुकुरको काम गर्ने रोबर्ट, यस्तो छ विशेषता

शनिबार, ११ असोज २०७६, १० : ५२
शनिबार, ११ असोज २०७६

एजेन्सी । इन्जिनियरिङ्ग र रोबोट डिजाइनिङ्ग कम्पनी बोस्टन डाइनामिक्सले रोबर्ट कुकुर सार्वजनिक गरेको छ । 

कम्पनीले रोबर्ट कुकुरलाई केही चुनिएका ग्राहकलाई बेच्ने बताएको छ । कम्पनीका अनुसार यो रोबर्टले भवन निर्माणमा प्रयोग हुने सामान सजिलै बोक्न सक्छ । 

लडेपछि आफै उठ्न सक्ने यो रोबर्ट कुकुर विषम मौसमा पनि काम गर्न सक्छ । 

धुलो तथा बाटरप्रुफ
बोस्टन डाइनामिक्सले ‘स्पट’ नाम दिइएको रोबर्ट कुकुरको क्षमता देखाउने गरी एउटा भिडियो जारी गरेको छ । भिडियो अनुसार कुकुर १.६ मिटिर प्रति सेकेण्डको गतिमा दौडिएको देखाइएको छ । 

त्यस्तै रोबर्ट कुकुरमा ३६० डिग्री क्यामेरा छ जसले गर्दा यसले आफू वरिपरि सबैतिर देख्न सक्छ । 

यो रोबर्टको अर्को विशेषता यो माइनस २० डिग्री सेल्सियसको बरफ जम्ने चिसोदेखि ४५ डिग्रीको तातोमा पनि काम गर्न सक्छ । 

यसलाई निर्माण–स्थल, ग्यास, बिजुली कम्पनी र सार्वजनिक सुरक्षाक्षेत्रमा प्रयोगमा लगाउन सकिनेछ ।

तथापि नयाँ रोबर्ट सबैले किन्न भने सक्ने छैनन् । कम्पनीका अनुसार यो केही चुनिएका ग्राहकहरुलाई मात्र किन्न सक्नेछन् । 

रोबर्ट कुकुरको मुल्य तोकिएको छैन । तर निर्माताहरुले यसको मुल्य एक कार बराबर हुनसक्ने बताएका छ । 

यो रोबर्टलाई सन् २०१५मा नै सार्वजनिक गरिएको थियो । यसको पहिलो भिडियो २ करोड २७ लाखभन्दा बढी मानिसले हेरिसकेका छन् । 

कम्पनीले यस रोबर्ट घरबाहिर मात्र होइन घरभित्रका कामा पनि प्रयोग गर्न सकिने बताएको छ । उसका अनुसार यसले खाना खाएको भाडालाई डिसवासरमा राख्न सक्छ, ढोका खोल्न सक्छ अझ फ्रिज खोलेर त्यहाँको सामान ल्याउन सक्छ । 

यो रोबर्ट कुकुर यही वर्षबाट ग्राहकलाई बेच्न थालिनेछ ।  

रोबर्ट कुकुर निर्माता बोस्टन डाइनामिक्स रोबोटिक्स क्षेत्रमा निक्कै चर्चित नाम हो । यो कम्पनी सन् १९९२ मा म्यासाचुसेट इन्टीच्युट अफ टेक्नोलोजी(एमआईटी)मा गठन भएको थियो । 

सन् २०१३ मा यसलाई गुगलले किन्यो । तर चार वर्षपछि नै गुगलले जापानको सफ्टबैंकलाई बेचिदियो । 

सफ्टबैंक संसारमा पहिलो पटक मानव संवेदना पढ्न सक्ने रोबर्ट ‘पीपर’ निर्माण गर्ने कम्पनी थियो । 
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप