शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संयुक्त राष्ट्र संघको महासभामा बोल्दै मोदीले भने –भारतले संसारलाई बुद्ध दिएको छ

शनिबार, ११ असोज २०७६, ०८ : १९
शनिबार, ११ असोज २०७६

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्ने क्रममा भारतले संसारलाई बुद्ध दिएको बताएका छन् । 

शुक्रबार संयुक्त राष्ट्र संघको महासभालाई संबोधन गर्दै मोदीले भने ,‘हामी त्यो देशको बासिन्दा हौं जसले संसारलाई युद्ध होइन बुद्ध दिएको छ ।’

मोदीले संयुक्त राष्ट्र संघमा १७ मिनेटमात्र बोलेका थिए । सो क्रममा उनले कयैन मुद्दा उठाए । 

उनले पाकिस्तानको नाम लिएनन् तर इशारामा पाकिस्तानको आलोचना गरे । 

मोदीले उग्रवाद संसारको लागि खतरा भएको बताउदैं भने ,‘हाम्रो आवाजमा आतंकविरुद्ध संसारलाई सतर्क गर्ने गम्भिरता पनि छ र आक्रोश पनि छ । ’

मोदीले आतकंवाद एक देशको मात्र नभएर सम्पूर्ण मानवताको सबैभन्दा ठूलो चुनौतीमध्य एक भएको बताए । उनले यस विरुद्ध एक जुट हुनु महत्वपूर्ण भएको बताए । 

महासभामा आफ्नो सरकारको योजना उल्लेख 
उनले संयुक्त राष्ट्र संघको महासभाको भाषणमा महात्मा गान्धीको सम्झना गरे । यो वर्ष माहात्मा गान्धीको १५० औं जन्मजयन्ती मनाइरहेकाले थप उलेखनीय भएको मोदीले बताए । 

सम्बोधनमा मोदीले आफ्नो सरकारले चलाइरहेको आयुष्मान भारत, स्वच्छता अभियान, जनधन योजनाको समेत उल्लेख गरे । 

उनले आफ्नो सरकारले आगामी पाँच वर्षमा १५ करोड भारतीयको घरमा पानीको पाइप पु¥याउने र गरिबको लागि दुई करोड नयाँ घर निर्माण गर्ने योजना पनि सुनाए ।  

एक हप्ता अघि पुगेका थिए अमेरिका
मोदी यो हप्ताको सुरुमै अमेरिका पुगेका थिए । त्यहाँ उनी ह्युस्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँगसँगै एक कार्यक्रममा सहभागी भएका थिए । 

भारतीय मुलका अमेरिकीले आयोजना गरेको ‘हाउडी मोदी’ नामक उक्त कार्यक्रममा मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका थिए । साथमा उनले अनुच्छेद ३७० हटाउने कार्यको पनि बचाउ गरे । 

त्यसपछि पाकिस्तानी प्रधानमन्त्रीसँग भेटघाट गरेका ट्रम्पले आफूसमेत सहभागी ‘हाउडी मोदी’कार्यक्रममा मोदीले आक्रमक बोलेको टिप्पणी गरेका थिए । त्यस भेटमा ट्रम्पले पाकिस्तान र भारतबीच राम्रो सम्बन्ध चाहेको बताएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप