अमेरिकको सुझाव : नेपाल कतै नढल्कियोस्
अमेरिकाले नेपाललाई कुनै मुलुकका पक्षमा नलागी ‘नेपालकै पक्षमा रहेको’ हेर्न चाहेको स्पष्ट पारेको छ । ‘नेपाल आफ्नो नीतिमा अडिग हुनुपर्छ, कसैको पक्ष विपक्षमा लाग्नु हुँदैन भन्ने हाम्रो सुझाव छ,’ अमेरिकी राजदूत ¥यान्डीले भने,‘यो भन्दा बढी हामीले सार्वभौम मुलुकलाई केही भन्न सक्दैनौं ।’
बेरीले शुक्रबार राजधानीमा कूटनीतिज्ञ, विज्ञ, संवाद, उद्यमी र सञ्चारकर्ममाझ भने,‘हामी नेपालको पुरानो मित्र हौं । नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा रहेको हेर्न चाहन्छौं ।
नेपालमा कतिपय विषयमा गलत बुझाइ छ । हामी यस्ता विषय स्पष्ट पार्न चाहन्छौं ।’
अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक रणनीति(आइपीएस) कुनै रणनीति नभई यो क्षेत्रका लागि अमेरिकी नीति भएको राजदूत बेरीले स्पष्ट गरे । उनले अमेरिकाले नेपाललाई भारत, चीन वा अमेरिका कुनै पनि मुलुकको पक्ष विपक्षमा रहेको हेर्न नचाहेको बताए । यो समाचार अन्नपूर्ण पोस्ट्मा छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छः रामशङ्कर यादव
-
२०२६ सम्म सलमान खानको ग्रह खराब छ : ज्योतिष
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट