बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली क्रिकेटको आजको दिन धेरै ढिला गरि आयो: मन्त्री विश्वकर्मा

शुक्रबार, १० असोज २०७६, १८ : ५८
शुक्रबार, १० असोज २०७६

काठमाडौं– नेपाल क्रिकेट संघ क्यानको विशेष चुनावी साधारणसभा काठमाडौंमा शुरु भएको छ । सधारणसभाको उद्घाटन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले गरेका छन्  । उद्घाटन सत्रमा बोल्दै खेलकुदमन्त्री विश्वकर्मले नेपाली क्रिकेटको आजको दिन धेरै ढिला गरि आएको बताए । क्रिकेट खेलाडी साथै क्रिकेट खेलप्रेमी नेपालीहरुले आजको दिनलाई धेरै पहिलादेखि प्रतिक्षा गरेको भन्दै मन्त्री विश्वकर्माले यो अवशरलाई खेर जान नदिने प्रतिबद्धता सबैबाट आउनुपर्ने बताए  ।

मन्त्री विश्वकर्माले नेपाली क्रिकेटमा विगतमा भएका सबै परिस्थतिको समीक्षा गरेर सुखद् यात्रा तय गर्न साधारण सक्षम हुने विश्वास समेत ब्यक्त गरे । क्यानमा सरकारी हस्तक्षेपसहित विभिन्न कारण देखाउँदै आइसीसीले २०७३ सालमा नेपाली क्रिकेटलाई निलम्बन गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आफ्नो विशेष पहलमा नेपाली क्रिकेटको विवाद समाधानको लागि पाँच सदस्य स्वतन्त्र समिती गठन गरेको थियो । उक्त स्वतन्त्र समितीले जिल्ला र प्रदेशको सफल निर्वाचन सकेपछि शुक्रबार र शनिबार राजधानीमा नेपाल क्रिकेट संघ क्यानको निर्वाचन गर्ने मिति तय गरेको हो । अहिलेसम्म नेपाली खेलाडीहरुले आइसीसीकै तालिकामा प्रतियोगिता खेल्दै आइरहेको छ । हिजो मात्र नेपाली क्रिकेट टोली त्रिदेशीय क्रिकेट श्रृंखला खेल्न सिंगापुर गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप