बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संसद भवन छिर्न खोजेपछि बानेश्वरमा प्रहरी र गोविन्द केसीका समर्थकबीच झडप (फोटोफिचर)

मङ्गलबार, ३१ साउन २०७४, १४ : ५९
मङ्गलबार, ३१ साउन २०७४

काठमाडौँ । गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ । काठमाडौको नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडी प्रहरी र केसी समर्थकबीच झडप भएको हो । 

केसी समर्थक संसद भवनतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपमा गोविन्द केसीका केही समर्थक घाइते भएका छन् ।

समाचार तयार पार्दासम्म केसी समर्थकहरु एभरेस्ट होटलअघि धर्ना दिएर बसेका छन् भने प्रहरीले सम्भावित स्थितिलाई ध्यानमा राखेर थप प्रहरी बल बोलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप