शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय कुमारले मिलाए सुनिल ग्रोवरसँग हात, कपिललाई लाग्नेछ ठूलो झट्का

मङ्गलबार, ३१ साउन २०७४, १४ : ३८
मङ्गलबार, ३१ साउन २०७४

कपिल शर्माको शो छोडेपछि हाँस्यकलाकार सुनिल ग्रोवरको मागमा वृद्धि भएको छ । कपिलको कार्यक्रममा फिर्ता नहुने खबर आइरहेका बेला सुनिलले चाँडै नै आफ्नो नयाँ कार्यक्रमलाई पस्किने हुने सार्वजनिक भएको थियो । तर अब सुनिलको टेलिजिनमा फिर्ताको विषयमा अर्को समाचार भारतीय मिडियाले प्रकाशित गरेको छ । सुनिलले चाँडै नै अक्षय कुमारको कार्यक्रमको होस्ट गर्ने बताइएको छ ।

अक्षय कुमार टेलिभिजनको एक कार्यक्रम ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ मा जजको रुपमा एक पटक पुनः टेलिभिजनमा फिर्ता हुँदै छन् । अक्षय कुमारले पनि कार्यक्रमको सुटिङ पनि सुरु गरेका छन् । खबरका अनुसार अक्षय कुमार सोमबार उक्त कार्यक्रमको पहिलो प्रोमो पनि सुटिङ गरिसकेका छन् । योभन्दा अघि उक्त कार्यक्रमकमो होस्टको रुपमा एली अवरामलाई हस्ताक्षर गराइएको खबर सार्वजनिक भएको थियो तर कार्यक्रमको होस्टको विषयमा आएको नयाँ खबरका अनुसार सुनिल ग्रोवरको नाम निश्चित गरेको छ । यद्यपी, सुनिलले भने यसबारे केही जानकारी दिएका छैनन् ।

सुनिल ग्रोवर कपिलको साटो अक्षयसँग मिलेको खबरले पक्कै पनि कपिललाई ठूलै झट्का लाग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप