शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तातोपानी नाका खुलाउन १५ अर्ब दिने देखि नेपाल–चीनबीच तीनवटा समझदारीमा हस्ताक्षर (भिडियो)

मङ्गलबार, ३१ साउन २०७४, १६ : ००
मङ्गलबार, ३१ साउन २०७४

काठमाडौँ । नेपाल–चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

मंगलबार काठमाडौंमा सम्पन्न नेपाल–चीन उपप्रधानमन्त्री स्तरीय बैठकमा चीनले तातोपानी नाका खुलाउन करिव १५ अर्ब आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने सहित ३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

अरनिको राजमार्गलाई स्तरोन्नति गरेर तातोपानी नाका खुलाउन चीन सरकारले करिव १५ अर्ब आर्थिक सहायता उपलब्ध गराउने समझदार पत्रमा हस्ताक्षर गरिएको अर्थ सचिव शान्तराज सुवेदीले जानकारी दिए ।  सो रकम रसुवाको टिमुरेमा पुल निर्माणका पनि खर्च गरिनेछ ।

बैठकमा नेपालको हिमाल, पहाड र तराईमा पेट्रोलियम पदार्थ, ग्यास र खानी अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्न चीनले सवा २ अर्ब आर्थिक सहायता उपलब्ध गराउने समझदारी पनि भएको छ । त्यसैगरी नेपालको पूर्वाधार विकासमा जोड दिएर लगानी भित्रयाउने समझदारीमा पत्रमा पनि चीन र नेपालबीच हस्ताक्षर भएको छ । 


नेपालको सडक मार्ग, रेलमार्ग, वन, पर्यटन, जलविद्युत क्षेत्रको विकासका लागि चीनले लगानी भित्रयाउन खोजेकाले सोको प्रारुप तय गर्न समझदारी गरिएको अर्थ सचिव सुवेदीले बताए । समझदारी छिटो कार्यान्वयनमा लैैजान पनि दुवै मुलुक सहमत भएका छन । समयको सीमा नतोकि भएका समझदारी छिटो कार्यान्वयनमा लैजाने सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ ।

बैठकमा चीनका उपप्रधानमन्त्री वाङ याङले नेपालको स्थायित्व र विकासमा चीनले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यता, नेपाली पक्षले पनि तातोपानी नाका खुलाउन चिनियाँ पक्षको पुनःध्यानाकर्षण गराएको थियो । बैठकमा नेपाली पक्षको नेतृत्व उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले गरे ।

थप समाचार

बाढीपहिरोमा चिनियाँ सहयोग : १० लाख अमेरिकी डलर सहयोग घोषणा

बाढीपहिरोमा चिनियाँ सहयोग : १० लाख अमेरिकी डलर सहयोग घोषणा

नेपाल र चीन तीन सम्झौताः पेट्रोलियम अन्वेषणदेखि लगानी

नौतले दरबार पुनःनिर्माण : नेपाल र चीनका उपप्रधानमन्त्रीले गरे शुभारम्भ

बैठकमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप