शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : दसैँका लागि ‘रातो टिका निधारमा’

शुक्रबार, १० असोज २०७६, १३ : ४६
शुक्रबार, १० असोज २०७६

काठमाडौं – दसैँको अवसर पारेर आजबाट फिल्म ‘रातो टिका निधारमा’ प्रदर्शनमा आएको छ । अशोक शर्माको निर्देशन रहेको यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत आएको यो फिल्मले देशभर सिङ्गल रिलिजको अवसर पाएको हो ।

फिल्मको शुक्रबार बिहान कुमारी चलचित्र भवन कमलपोखरीमा प्रेस सोसमेत आयोजना गरिएको थियो । उक्त शोमा फिल्म मनपरेको धेरैले प्रतिक्रिया दिए । कार्यक्रममा केहीले फिल्म मनोरञ्जन रहेको बताउँदा केहीले भने सन्देश मुलक फिल्म रहेको बताए । सोही अवसरमा फिल्म त मैले बुझिन भन्ने पनि केही भेटिएका थिए ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव अभिनेता अंकित शर्मा, नीता ढुंगाना, रविन्द्र झा, वुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय फिल्ममा छ ।

वैदेशिक रोजगारीको कथाको विषयवस्तुमा बनेको फिल्म ए.ए ग्रूप अफ कम्पनीबाट निर्माण भएको हो । फिल्मका निर्माता किरण शर्मा र कृति शर्मा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप