नयाँ नोट पाएर दङ्ग (फोटोफिचर)
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले काठमाडौ उपत्यका सँगै देशका विभिन्न स्थानबाट शुक्रबारबाट दशैंका लागि नयाँ नोट सटही सेवा प्रदान गरेको छ । राष्ट्र बैङ्कसँगै अन्य बैङ्कले नयाँ नोट वितरण गर्न थालेपछि शुक्रबार बिहानैबाट बैङ्कहरूमा सर्वसाधारणको लाइन लागेको छ ।
विगत वर्षहरुका तुलनामा यो बर्ष पहिलो दिन नयाँ नोट लिनेहरुको चाप बैङ्कहरुमा कम देखिएको छ । सेवाग्राहीले आधा घण्टादेखि एक घण्टासम्म लाइनमा बसेपछि नोट पाएको प्रतिकृया दिएका छन् ।
जेष्ठ नागरिकहरूलाई कार्डको आधारमा लाईन बस्न नपर्नेगरी व्यवस्था मिलाइएको छ ।
दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै नोट सटही सुविधा उपलब्ध गराएको राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैङ्कका अनुसार यो सुविधा असोज १७ गतेसम्म प्रदान गरिनेछ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार, उपत्यकाभित्र विभिन्न बैङ्कसँग मिलेर ५, १०, २०, ५० र १०० दरका नोट सटहीको व्यवस्था मिलाइएको छ । राष्ट्र बैङ्कले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट रकम वितरण गर्ने गरपनि यसपटक राष्ट्र बैङ्कले बालुवाटारबाटमात्रै गरेको छ ।
उपत्यकाभित्र राष्ट्र बैङ्कबाहेक नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्क लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्ने राष्ट्रबैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कका अनुसार, नेपाल बैङ्क लिमिटेडका उपत्यकाका ७ शाखा न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैङ्कको सिंहदरबारस्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर , सानो थिमि, विशाल, बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट पनि कार्यालयले पनि असोज १७ गतेसम्म सेवाग्राहीले नयाँ नोट लिनसक्नेछन् ।
राष्ट्र बैङ्कका अनुसार, कृषि विकास बैङ्कले उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट वितरण भइरहेको छ । गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएकाले ती स्थानबाट नोट सटही गर्न राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभागले सुझाएको छ । तोकिएका बैङ्कहरुबाट सेवाग्राहीले प्रतिव्यक्ति १८ हजार खुद्रा नयाँ नोटमात्र साट्न सक्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै