शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थन्किएका जहाजको पार्किङ शुल्क करोडौं

शुक्रबार, १० असोज २०७६, ०६ : ३०
शुक्रबार, १० असोज २०७६

नेपाल वायुसेवा निगमका १४ मध्ये जहाज ‘ग्राउन्डेड’ छन् । तिनको प्रयोग हिनता त छँदैछ, विमानस्थलमा थन्किएबापत तिर्नुपर्ने शुल्क निकै महँगो पर्छ । 

वाइडबडी जहाज थन्किँदा पार्किङ शुल्क मात्र दिनेको करिब दुई लाख रुपैयाँ तिर्नुपर्छ । एक साताभन्दा लामो समयदेखि एउटा वाइडबडी विमानस्थलमा छ । 

त्यसले दैनिक १६ सय ९८ अमेरिकी डलर भाडा तिर्नुपर्छ । हालको विदेशी विनिमयदर ११३ रुपैयाँअनुसार यसले दैनिक १ लाख ९१ हजार ८७४ रुपैयाँ तिर्छ । ‘विमानस्थल सेवा शुल्क विनियमावली २०६७’ अनुसार कुनै पनि जहाजलाई तीन घण्टासम्म पार्किङ निःशुल्क छ । त्यसपछि हरेक ६ घण्टामा एक पार्किङ हुन्छ । 

एक दिनलाई चार पार्किङ हिसाव गरेर नागरिक उड्डयान प्रधिकरणले दैनिक पार्किङ शुल्क तोक्छ । यो जहाजको तौलअनुसार लाग्छ । यो समाचार अन्नपूर्ण पोस्ट्मा राजु बास्कोटाले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप