शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री ज्ञवालीद्वारा नर्वे र भेनेज्वेलाका मन्त्रीसँग भेटवार्ता

बिहीबार, ०९ असोज २०७६, २० : ४०
बिहीबार, ०९ असोज २०७६

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नर्वेका अन्तर्राष्ट्रिय विकास मामिलामन्त्री डाग इन्डे उल्स्टेन र भेनेज्वेलाका विदेशमन्त्री होर्गे अल्वेर्टो अरेजा मोन्टसेराटसँग बुधबार अपराह्न बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । 

नर्वेली मन्त्रीसँगको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श हुनका साथै पारस्परिक सहयोग अभिवृद्धिबारे छलफल भएको थियो ।

नेपालमा नर्वेली लगानी आकर्षित गर्ने तथा संयुक्त राष्ट्रसङ्घलगायत अन्य बहुपक्षीय मञ्चहरूमा साझेदारी गर्नेबारेमा पनि दुवै देशका मन्त्रीबीच विचार आदानप्रदान भएको थियो । उनीहरूले जलवायु परिवर्तनसहित साझा चासोका अन्य अन्तर्राष्ट्रिय विषयमा पनि कुराकानी गरेका थिए । 

यसैगरी भेनेज्वेलाका विदेशमन्त्रीसँगको भेट आपसी चासोका विषयमा छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप