शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डेढ दर्जन बाणिज्य बैंकमा १३ खर्ब ६५ अर्ब निक्षेप : अग्रस्थानमा नबिल (कुन बैंकमा कति निक्षेप ?)

मङ्गलबार, ३१ साउन २०७४, १३ : ५१
मङ्गलबार, ३१ साउन २०७४

नेपालका ‘क’ बर्गका अधिकाशं वाणिज्य बैंकले गत आर्थिक बर्षमा निक्षेप बढाएका छन् । बैंकले निक्षेपसँगै अघिल्लो आवको तुलनामा कर्जा लगानी, ब्याज आम्दानी र खुद नाफामा समेत उत्साहजनक प्रगति गरेका छन् । 

गत आर्थिक बर्षमा डेढ दर्जन बाणिज्य बैंकले मात्र १३ खर्ब ६५ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । खुद नाफामा राम्रो प्रगति गरेका धेरै बैंकले खर्बको नजिक निक्षेप पुर्याएका छन भने केही बैंकले भने निक्षेप एक खर्ब नघाएका छन् । 

अहिले बैंक तथा वित्तिय संस्थाले गत आवको आफ्नो वित्तिय विवण सार्वजनिक गरिरहेका छन् । वित्तिय विवरण सार्वजनिक गरिसकेका यी बैंकले निक्षेप संकलन अघिल्लो आवको तुलनामा वढाएका हुन् । 

गत आर्थिक बर्षमा नविल बैंक एक खर्ब एक अर्ब ४१ करोड निक्षेप संकलन गरि ९१ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले गत आवमा ३ अर्ब ६२ करोड खुद नाफा कमाएको थियो । 

यस्तै, गत आवमा नेपाल बैंकले ९३ अर्ब ९४ करोड निक्षेप संकलन गरेको छ । यस्तै, बैंकले ७४ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्त पुँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको बैंकले बैंकले गत आवमा ३ अर्ब २१ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आवमा भने बैंकले २ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, अर्को इन्भेष्टमेन्ट बैंकले गत आवमा एक खर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । एक खर्ब ५ अर्ब कर्जा लगानी गरेको बैंकले गत आवमा ३ अर्ब १६ करोड पयाँ खुद नाफा गरेको थियो भने चुक्ता पुँजी ९ अर्ब २४ करोड पुर्याएको छ । 

गत आर्थिक बर्षमा हिमालयन बैंकले ९२ अर्ब ८८ करोड निक्षेप संकलन गरि ७७ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ भने कृषि बिकास गत आवमा आईपुग्दा ९९ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरि ८८ अर्ब २९ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ ।

यस्तै, निजी क्षेत्रको ग्लोवल आईएमई बैंकले पनि गत आवमा एक खर्ब एक अर्ब निक्षेप संकलन गरि ८० अर्ब ८१ करोड कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब माथि छ । 

माछापुच्छ«े बैंकले ५८ अर्ब ६२ करोड निक्षेप संकलन गरि ५१ अर्ब ८६ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आवमा बैंकको निक्षेप ५२ अर्ब २९ करोड र कर्जा ४४ अर्ब २३ करोड रुपैयाँ थियो । प्रभु बैंकले गत आवको असार मसान्तसम्म ८१ अर्ब ३४ करोड निक्षेप संकलन र ६१ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी रहेको छ । अघिल्लो आवमा भने ६० अर्ब ९४ करोड निक्षेप संकलन गरि ४८ अर्ब २१ करोड ऋण लगानी थियो । बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ छ । 

प्राइम कमर्सियल बैंकले ६५ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ३२ करोड रुपैयाँ छ । यस्तै, सनराइज बैंकल गत आवको असारसम्म ६१ अर्ब एक करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५१ अर्ब ५३ करोड ऋण लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ७ अर्ब एक करोड रुपैयाँ छ ।

सिद्धार्थ बैंकले गत आवमा ७७ अर्ब ३१ करोड निक्षेप संकलन गरि ६६ अर्ब ६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवमा भने बैंकले ६४ अर्ब ९३ करोड निक्षेप संकलन गरेको थियो । बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । 

एनएमबी बैंकले गत आवमा ७३ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरि ६१ अर्ब २१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । लक्ष्मी बैंकले ५९ अर्ब ३२ करोड निक्षेप संकलन तथा ५२ अर्ब ७३ करोड ऋण लगानी गरेको छ । बैंकका चुक्ता पुँजी ७ अर्ब ४७ करोड रुपैयाँ छ ।
सानिमा बैंकले गत आवमा ५८ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरि ५१ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलले गत आवमा ५२ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
जनता बैंकले गत आवमा ४८ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरि ४५ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । स्टाण्डर्ड चार्टर्ड बैंकले गत आव सम्म ६१ अर्ब निक्षेप र ३९ अर्ब कर्जा लगानी छ । बैंकको चुक्ता पुँजी भने ४ अर्ब रुपैयाँ छ ।

कुमारी बैंकले गत आवमा ५२ अर्ब ७ करोड निक्षेप संकलन गरि ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ९६ करोड रुपैयाँ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप