शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुजुकीको सर्भिस सेन्टर अब डल्लूमा

बिहीबार, ०९ असोज २०७६, १७ : ३८
बिहीबार, ०९ असोज २०७६

काठमाडौं– सिजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजी होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले हालै काठमाडौंको डल्लूमा आधिकारिक सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । 

उक्त शोरुमको उद्घाटन किन्जी साइटो, शुजुकी मोटर कर्पोरेशन, जापानका प्रबन्ध अधिकारी तथा सिजि होल्डिङ्गसका प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रुपमा गरे । हालै सञ्चालनमा ल्याइएको सर्भिस सेन्टर २३३८१.५२ स्क्वायर फिटको विशाल क्षेत्रमा फैलिएको छ । 

यस सर्भिस सेन्टरमा प्रतिमहिना २००० कारको सर्भिस क्षमता रहेको छ । यहाँ ११ वटा क्षेत्रहरु रहेका छन् जसमा २ वटा एक्स्पे्रेस तथा एकवटा  ह्वील अलाइनमेन्ट क्षेत्र रहेका छन् । 

सुजुकीको डाइग्नोस्टिक टुल्सहरुद्वारा सुसज्जित गरिएको यस सेन्टरमा सुजुकीको गाइडलाइन अनुसारका सम्पूर्ण स्पेसियल टुल्सहरु राखिएको छ । 

विक्री पछिको सहज एवं गुणस्तरीय सेवा प्रदान गर्न ग्राहकमुखी सेवा युनिटको स्थापना गरिएको छ, जसले ग्राहकलाई सर्भिसिङ्गको जानकारी  प्रदान गरी  पोस्ट सर्भिस क्वालिटी चेक समेत गर्ने गर्दछ । 

सर्भिस सेन्टरमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । सिजिमोटोकर्पले आफ्ना सम्पूर्ण सर्भिस टिमहरुलाई उच्चतस्तरीय ट्रेनिङ्ग समेत प्रदान गरेकोछ । पिक एण्ड ड्रप सिस्टम तथा मोबाइल सर्भिस भ्यानको समेत सुविधा उपलब्ध गरिएको छ । 

ग्राहकको सन्तुष्टिलाई नै प्रमुख सेवाको रुपमा लिइएको हुँदा हामीले सुजुकी गाडीहरुको गुणस्तरीय सर्भिसिङ्गको लागि लगानी गरेका छौं । हामीले ७० किलोमिटर अर्धव्यासमा सर्भिस टचप्वाइन्टको स्थापना गर्ने उद्देश्य सहित डल्लुमा सर्भिस सेन्टर स्थापना गरिएको बिजिनेश युनिट प्रमुख श्याम श्रेष्ठले बताए ।
नेपालमा सुजुकीको ३६ स्थानमा सेल्स आउटलेटहरु, ३९ स्थानमा सर्भिस सेन्टरहरु तथा ३५० भन्दा बढी पार्टस् आउटलेटहरु रहेको छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप