शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा बस दुर्घटना, ११ जना घाइते

बिहीबार, ०९ असोज २०७६, १५ : ४०
बिहीबार, ०९ असोज २०७६

काभ्रे– भुम्लु गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार मादन कुडारीबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ६३८६ नम्बरको बस दुर्घटना भएको हो ।

बस भुम्लु गाउँपालिका वडा नं ७ फलाटेको क्यामुनेचौर भन्ने स्थानमा भएको दुर्घटनामा ११ जना घाइते भएका  हुन्  । एसपी सापकोटाका अनुसार ६ जना गम्भीर घाइते भएका छन् । चौरीदेउराली गाउँपालिका वडा नं ५ निवासी जगतनाथ चौलागाई खुुट्टा भाँचिएको छ ।

सामान्य घाइतेहरुको दोलालघाटमा रहेको स्वास्थ केन्द्र र गम्भीर  घाइतेलाई उपचारका लागि धुलिखेल अस्पतालमा ल्याएको सापकोटाले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप